गाडीको ठक्करबाट प्युठानमा बालिकाको मृत्यु

गाडीको ठक्करबाट प्युठानमा बालिकाको मृत्यु

प्युठान : गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको झिमरूक गाउँपालिका-४ बाङगे अंगाराकी ९ वर्षिया बालिका सिर्जना रोकाको गाडीले ठक्करबाट मृत्यु भएको हो।  

ना ४ ख ७९०९ नम्बरको गाडीले बालिकालाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि उनलाई उपचारको लागि बुटवल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिए। 

बालिकाको शवलाई जिल्ला अस्पताल बिजुवार प्यूठानको शव गृहमा राखिएको छ। गाडी र चालकलाई पनि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय प्यूठानमा राखिएको प्रहरी निरिक्षक जिसीले जानकारी दिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.