छठ पर्वको तयारी सुरू

छठ पर्वको तयारी सुरू

जनकपुरधाम : छठ पर्वको तयारी जनकपुरधाममा सुरु भएको छ। आवश्यक पर्ने सामग्रीहरुको जोहो र किनमेल गर्न यहाँका मानिसहरू व्यस्त छन्। 

बाँसका डाला, नाङ्गलो, ढकिया, कनसुप्ती र माटोको सामग्री लगायतका सामग्री छठ पर्वमा आवश्यक पर्ने नारिवल, सख्खर किनमेल गर्न मानिसहरु बजारतिर दौडिरहेका छन्। छठलाई भव्यता प्रदान गर्न जनकपुरको ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, महराज सागर अग्नीकुण्ड, रत्नसागर, बाल्मीकी लगायतका दर्जनौं पोखरी र सरोवरहरुलाई तयार पार्ने काम सुरु भएको छ।

विभिन्न संघसंस्था र युवा क्लबहरुले सरसफाई गरी विजुली, पण्डाल लगायतका व्यवस्था मिलाउन थालेको महाबीर युवा कमिटीका महासचिव राज भगत(प्रदिप)ले जानकारी दिए। सम्पुर्ण शक्तिको श्रोत सूर्यको उपासनाको गरिने यो महापर्व चार दिनसम्म मनाइन्छ।

पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा छठ समापन हुन्छ। छठ पर्व ब्रत अवधिभरी माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामल लगायतका खाद्यवस्तुहरु अनिर्वाय रुपमा बार्ने प्रचलन रहेको पूर्वप्राज्ञ रामभरोष कापडी ‘भ्रमर’ बताउँछन्।

मधेशी समुदायमा मनाइँदै आएको यो महत्वपूर्ण छठ पर्व केही वर्ष यतादेखि यहाँका पहाडी समुदायका बिचमासमेत लोकप्रिय हुँदै गएको छ। प्रत्येक वर्ष छठ पर्व मनाउने मिथिलानी महिलासँगै पहाडी समुदायका महिलाहरु छठ पर्व मनाउन थालेको बर्दिबासकी रिता लामा बताउँछिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.