भक्तपुर सडक दुर्घटना : एकको मृत्यु, एक घाइते

भक्तपुर सडक दुर्घटना : एकको मृत्यु, एक घाइते

भक्तपुर : भक्तपुर नगरपालिका १० मूलढोकामा मंगलबार राती सडक दुर्घटना हुँदा एकको मृत्यु र अर्को घाइते भएका छन्। महानगरीय प्रहरी परिसरका अनुसार बा ४ ख ६०७ नम्बरको बसले रोकिराखेको बा ७० प ६१९७ नम्बरको मोटसाइकललाई ठक्कर दिएको हो।

कमलबिनायकबाट ब्यासीतर्फ आउँदै भाडाको बसले सडक छेउमा पार्किङ गरी राखेको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेको डाँडापारि बस्ने वर्ष २० का विकास तामाङको मृत्यु भएको हो। भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डुका १८ वर्षीया विशाल तामाङ भने घाइते भएका छन्।

प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार बसका चालक भक्तपुर नपा १० कमलविनायक बस्ने ४० वर्षीय बलराम ज्याख्वलाई नियन्त्रणमा लिइएको छ। उनले मादक पदार्थ सेवन गरी सवारी चलाएको भेटिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.