भीआईपी 'जुवाडे' बिहीबार पुनः सर्वोच्चमा उपस्थित हुनुपर्ने

भीआईपी 'जुवाडे' बिहीबार पुनः सर्वोच्चमा उपस्थित हुनुपर्ने

काठमाडौं : दुई करोड रकमसहित पक्राउ परेका भीआईपी जुवाडेलाई बिहीबार पुनः अदालतमा उपस्थित गराउन आदेश दिएको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सबै निवेदन एक ठाउँमा राखेर पुनः उपस्थित गराउन आदेश दिएको हो। सर्वोच्चले जुवा खेलेको आरोपमा पक्राउ परेका सबै बन्दीलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको सर्वोच्चका सहरजिष्ट्रार नेत्र आचार्यले जानकारी दिए । 

बुधबार बलराम सापकोटा उर्फ ‘बले’, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्ट्रीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामालाई थुनामै राखेर बिहीबार पुनः बिहीबार उपस्थित गराउन आदेश दिएको हो। 

साढे दुई करोडसहित पक्राउ परेका जुवाडेले आफूहरुलाई अन्याय भएको भन्दै सर्वोच्च अदालतमा दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा बुधबार सुनुवाइ भएको हो।

राजधानीबाट पक्राउ परेका जुवाडेलाई प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराइसकेको छ। पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति समातिएका जुवाडेमध्ये ६ जनालाई  अदालतमा उपस्थित गराइएको हो।  

महानगरीय प्रहरी वृत महाजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार  बुधबार पवित्रकुमार कार्की, बलराम सापकोटा, विक्रम गौतम, श्रवणकुमार गोयल, पवनकुमार गुप्ता र मुक्ति लामालाई अदालतमा उपस्थित गराइएको।

महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले विक्रम गौतमको घरमा जुवा खेलिरेको अवस्थामा शनिबार  बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ , हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामालाई पक्राउ गरेको थियो।

कानुनमा के छ ?

जुवातास खेल्ने खेलाउने कामलाई नेपालको कानुनले अपराधको श्रेणीमा राखेको छ। २०७५ साल भदौदेखि लागू भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ।

उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।

जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन।

नयाँ अपराध संहिता लागु हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने भन्‍दै यसलाई बढाइएको थियो। जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.