कीर्तिमानी नेपाली आरोही निर्मलको स्वागत (फोटो फिचर)
काठमाडौं : आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जालाई विमानस्थलमा स्वागत गरिएको छ।
चीनको शीशापाङमा हिमालको चुचुरोमा पुगेर १४ वटा हिमाल चढ्दै कीर्तिमान राखेका निर्मल बुधबार काठमाडौं आइपुगेका हुन्। ब्रिटिस सेनामा काम गरिसकेका पुर्जाले सन् २०१२ बाट आरोहीको जीवन सुरुवात गरेका थिए। उनले राखेको कीर्तिमान यसअघि पोल्यान्डका जेर्जी कुकुक्जाको नाममा थियो।
सन् २००३ मा ब्रिटिस सेनामा पुगेका पुर्जालाई सन् २०१८ मा रानी एलिजावेथले एमबीई प्रदान गरेको बीबीसीले उल्लेख गरेको छ।
तस्बिर : दिपेन श्रेष्ठ