आगलागीबाट दुई घर र एक चर्च जले

आगलागीबाट दुई घर र एक चर्च जले

उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका ३ मा बुधबार विद्युत सर्ट भई आगलागी हुँदा दुई घर र एक चर्च भवन नष्ट भएका छन्। 

बसपार्क नजिकको सगरमाथा टोल विकासका दानबहादुर परियार, मनकुमारी राईको घरमा आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरका अनुसार दानबहादुरको घरबाट सुरु भएको आगो मनकुमारीको घर हुँदै चर्चमा पुगेको थियो।

बाँसको टाटी र टिनको छानो रहेको दुई घर र सोही किसिमले बनेको चर्च भवनमा आगजनी हुँदा घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, अन्नपात जलेर पूर्णरुपमा क्षती भएको छ भने चर्चभित्रको सामान पूरै जलेका छन्। 

आगो झण्डै एक घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र त्रियुगा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.