उपत्यकाका स्थानीय तहमा छड्के : २२८ कर्मचारी कारबाहीमा
काठमाडौं : उपत्यका १६ स्थानीय तहमा गरेको छड्के अनुगमनमा २२८ कर्मचारी कारबाहीमा परेका छन्। १६९ जना अनुपस्थित÷समय पालना नगरेको पाइएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिए।
उनका अनुसार १८ जना त अघिल्लो मितिमा बिदा स्वीकृत नगराई अनुपस्थित भएको भेटिएको छ भने तोकिएको पोशाक नलाउने ४१ जना छन्। काठमाडौं, भक्तपुर र ललितपुरका महानगरपालिका, नगरपालिकामा राष्ट्रिय सर्तकता केन्द्रले छड्के अनुगमन गरेको हो।
नागार्जुन नगरपालिकाको कार्यालय, नागार्जुनको वडा नम्बर ४ को वडा कार्यालय, कीर्तिपुर नगरपालिकाको कार्यालय, कीर्तिपुर वडा नम्बर ६ को वडा कार्यालय, सूर्यविनायक नगरपालिका, सूर्यविनायक नगरपालिका ५ को वडा कार्यालय र स्वास्थ्य चौकीमा छड्के अनुगमन गरेको छ।
त्यस्तै मध्यपुर थिमी नगरपालिका र मध्यपुर थिमीको ६ नम्बर वडा कार्यालय, तारकेश्वर नगरपालिका, तारकेश्वर नगरपालिका, तारकेश्वर नगरपालिका वडा ६ को कार्यालय, ललितपुर महानगरपालिका, ललितपुर महानगरको वडा नम्बर ४ को कार्यालय, बुढानिलकण्ठ नगरपालिका, बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ को कार्यालय र शंकरापुर नगरपालिका र शंकरापुर नगरपालिका ७ को वडा कार्यालयमा सर्तकता केन्द्रले अनुगमन गरेको छ।