यौन धन्दामा लगाउनेको सम्पत्ति खोज्दै प्रहरी
ललितपुर : पन्ध्र वर्षीया किशोरीलाई अप्ठ्यारो परिस्थिति सिर्जना गरी यौन धन्दामा लगाउने दुई जना आरोपीको सम्पत्ति खोजबिनमा प्रहरी लागेको छ। किशोरीलाई बन्धक बनाई ठैंबस्थित वेलकम क्याफेमा यौन कार्यमा लगाउने ३० वर्षका विशाल तिमल्सिना २५ वर्षीय सुमन नेपालीको सम्पत्ति खोजीमा लागेको प्रहरीले जानकारी दिएको हो। तिमल्सिना महांकाल गाउँपालिका–३ गोटीखेलका र नेपाली गोदावरी नगरपालिका–५ लेलेका हुन्।
कात्तिक ४ गते किशोरीलाई गोदावरी नगरपालिकाको १४ वडामा सञ्चालित उक्त क्याफेबाट प्रहरीले उद्धार गरेको थियो। यौनांग सुन्निएर हिँड्न नसक्ने अवस्थामा उद्धार गरिएकी किशोरीको पाटन अस्पतालमा उपचार गरिएको थियो। प्रहरीका अनुसार तीन दिनको अस्पताल बसाइपछि उनलाई माइती नेपालको जिम्मा लगाइएको हो।
गरिबी तथा आर्थिक अभावमा भांैतारिएकी किशोरीको नाजुक अवस्थाको फाइदा उठाउने आरोपीलाई प्रहरीले कात्तिक ४ गते पक्राउ गरेको थियो। महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मि श्रका अनुसार दुवै जना पुर्पक्षका लागि जेल चलान भएका छन्। आरोपितलाई उद्धृत गर्दै मि श्रले भने, ‘किशोरीको स्वीकृतिपछि मात्र यौनधन्दामा लगाएको बयान उनीहरूले अदालतमा दिएका छन्।’
मि श्रका अनुसार गाडीचालक नेपालीले असोज ३० गते बिहान किशोरीलाई लगनखेलको सार्वजनिक शौचालय नजिक भेटेका थिए। उनलाई राम्रो काम लगाइदिने खाने, बस्ने सुविधा भएको तथा राम्रो कमाइ हुने काममा लगाइदिने भन्दै गाडी चढाएर ठैंब पु¥याएका थिए। प्रहरीका अनुसार नेपालीले उनलाई गाडीमा राखेर पटक–पटक बलात्कार गरे। त्यसपछि सुरक्षित ठाउँको खोजी गर्दै तिमल्सिनाको क्याफेमा पु¥याएका थिए।
क्याफेमा वेटरको काम लगाउने भनिएको थियो। तर, उनलाई ती दुवैले बारम्बार बलात्कार गरेको किशोरीले बताएकी छन्। त्यसपछि ग्राहकसँग यौन कार्य गर्न लगाए। ग्राहकलाई सन्तुष्ट बनाउन सके दैनिक तीन हजार र रात बसेको ६ हजार कमाउने प्रलोभन देखाए। यौन कार्यमा कमाएको आधा रकम साहुले पाउने र पीडितले पाएको आधाबाट नेपालीले पाउने भन्ने थियो। मिशोरीलाई कोठा बाहिर निस्कन नदिएको मि श्रले जानकारी दिए। तर, एक जना स्थानीयले प्रहरीलाई फोन गरेपछि प्रहरीले उनलाई उद्धार गरेको थियो। ‘उद्धार गर्दा खुट्टा खोच्याउँदै हिँड्थिन्’, मि श्रले भने, ‘आरेपितलाई जबर्जस्ती करणी तथा मानव बेचविखनको मुद्दा चलाइएको छ।’
किशोरीका दुई आमा छन्। उनका बुबाले गत माघमा नौ वर्षीया बहिनीलाई जबर्जस्ती करणी गरेका थिए। नेपाल प्रहरीका पूर्वहवल्दार तथा भगौडा प्रहरी पनि हुन्। भाग्नुभन्दा पहिला नै अवकाश लिइसकेका उनलाई भतिजोले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको थियो।
श्रीमती माइतीघर (पोखरा) गएका बेला उनले छोरीलाई जबर्जस्ती करणी गरेका थिए। बालिकाले पेट दुखेको भनेपछि आइतबार नजिकैको हेल्थपोस्टमा चेकजाँच गर्न लगिएको थियो। हेप्थपोष्टमा लैजाँदा उनको यौनांगमा रगत बगेको र चोट लागेको देखिएपछि पाटन अस्पताल पठाइएको थियो। हेल्थपोस्टमा बालिकाले बाबुले यस्तो अवस्था बनाएको बताएकी थिइन्। हाडनाता करणीको अभियोगमा उनी जेल चलान भएका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राई भन्छन्, ‘प्रहरीले घटना भएपछि आरोपित पक्राउ गर्ने र मुद्दा चलाउने काम गर्छ। तर, घरघरमा छिर्न सक्दैन। त्यसैले सबै मान्छे आफैं सचेत हुनुपर्ने समय आएको छ।’ असोजमा मात्रै दर्जनभन्दा बढी बलात्कारका घटना ललितपुरमा दर्ज भएको उनले बताए। सामाजिक सञ्जालको दुरुपयोगले पनि यस्ता घटनामा प्रोत्साहन गर्न सक्ने उनको भनाइ छ।