ट्याक्टर पल्टिदा तीन बालिकाको मृत्यु

ट्याक्टर पल्टिदा तीन बालिकाको मृत्यु

दाङ : दाङमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गढवा कोइलाबास सडकखण्डको गढवा गाउँपालिका ५ चिसापानीमा रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन बालिकाको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।

दुर्घटनामा  परेर मृत्यु हुनेमा गढवा गाउँपालिका ६ मनिकापुरका ११ वर्षीया निनु पुन, १२ वर्षीया सीमा परियार र १२ वर्षीया सुनिता पुनमगर रहेको दाङ प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए।

२३ जना घाइते भएका छन्। गढवा गाउँपालिका ६ मनिकापुरबाट भैलो खेली उठेको पैसाले चिसापानीमा पिकनिक खाई घर फर्किने क्रममा ट्याकटर दुर्घटना भएको थियो। 

ट्याक्टरको पछिल्लो भाग (ट्रली) पल्टिदा ट्याक्टरमा सवार २३ जना घाइते भएका छन्। ट्याक्टरमा २६ जना सवार रहेका थिए। घाइतेको स्वास्थ्य चौकी गढवा र लमही अस्पतालमा उपचार भइरहेको छ। 

तीन जनाको गढवा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएका हो। घाइतेमध्ये ४ जना गम्भीर घाइते छन्। १९ जना मध्यम घाइते भएको दाङ प्रहरी प्रवक्ता शाहले बताए।
  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.