काभ्रेमा टिपर दुर्घटना, चालकको मृत्यु
काभ्रे : बिपी राजमार्गखण्डको धुलिखेल नगरपालिका-११ पात्लेखेतमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नं को टिपर दुर्घटना भएको ज़िल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए।
दुर्घटनामा टिपर चालक सिन्धुलीका २४ वर्षीय गणेशबहादुर कार्कीको घटनास्थलमै उनले बताए। टिपर सटकबाट अन्दाजी १५० मिटर तल खोचमा खसेको छ। बालुवा लिएर आएको टिपर, चालक निदाएर दुर्घटना भएको हुनसक़्ने प्रहरीले आशंका गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको एसपी सापकोटाले बताए।