मुस्ताङ एअरपोर्ट पुग्ने सडक चौडा

मुस्ताङ एअरपोर्ट पुग्ने सडक चौडा

जोमसोम : मुस्ताङ सदरमुकाम जोमसोमको पुथाङ एअरपोर्ट बजार क्षेत्रमा शनिबारदेखि प्रहरीले सडक फराकिलो पारेको छ। पछिल्लो समय मुस्ताङमा बढ्दो सवारी साधन तथा पर्यटक भित्रिन थालेपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले सडक फराकिलो बनाउन सुरु गरेको हो।

प्रहरी र ट्राफिक प्रहरीले स्थानीय होटल व्यवसायीको सहमति र सहकार्यमा होटल अगाडि रहेका पर्खाल, साइनबोर्ड र रुखहरू हटाएका हुन्। सडकका खाल्डाखुल्टी पुर्ने र सम्याउने कार्य भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार सडक फराकिलो बनाउन करिब ५० प्रहरीले श्रमदान गरेका छन्। रुख उखेल्न डोजरसमेत प्रयोग गरिएको प्रहरी प्रमुख कार्कीले बताए।

मुस्ताङमा दिनहुँ सयौंको संख्यामा सवारी साधन भित्रिएकाले जोमसोम क्षेत्रमा ट्राफिक व्यवस्थापन असहज भएको ट्राफिकका सई बद्रीनाथ शर्माले जानकारी दिए। उनले व्यवसायीको साथ सहयोगले बजार क्षेत्रको दोहोरो सवारी आवागमन सहज पारिएको बताए। यसअघि जोमसोम क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि पालिकाले दुईपटक बैठक बसेर पहल गरे पनि कार्यान्वयन हुन सकेको थिएन। प्रहरी र ट्राफिककै सक्रियतामा सडक आसपासका भौतिक सामग्री हटाएपछि सडक खुल्ला भएको छ भने बजार क्षेत्रको सौन्दर्यतासमेत वृद्धि भएको सई शर्माले बताए।

बजार क्षेत्रमा मुस्ताङ आएका पर्यटक खाना, खाजा, किनमेल र वि श्राम गर्ने अवस्थामा सवारी रोकिँदा दुईतर्फी आवागमन असहज भएको थियो। स्मरण रहोस् घरपझोङ गाउँपालिकाले लाखौं रुपैयाँ खर्चिएर बनाएका रात्रिकालीन पार्किङ सेवा अपायक भएकाले प्रयोगविहीन भएको छ। प्रहरीले दिवाकालीन पार्किङ सहज बनाउन सडक छेउछाउका वस्तु हटाएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.