अनुदान दुरूपयोग छलफल बैठकमा पत्रकारलाई प्रवेश निषेध

अनुदान दुरूपयोग छलफल बैठकमा पत्रकारलाई प्रवेश निषेध

बुटवल : प्रदेश ५ को प्रदेश सभामा गठित कृषि, वन तथा वातावरण समितिको बैठकमा पत्रकारलाई प्रवेश रोकिएको छ। कृषि अनुदानको दुरूपयोग विषयमा छलफलका लागि भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेललाई समितिको बैठकमा बोलाइएको छ ।

बैठकको समाचार संकलनका लागि पुगेका पत्रकारलाई समितिका सभापति विजयबहादुर यादवले पछि बोलाउने भन्दै बाहिर जान आग्रह गरे ।  प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा किसानलाई वितरण गरेको अनुदान रकम तथा कृषि यन्त्र दुरुपयोग भएको विषयमा छलफल गर्न समितिले आइतबार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरति पौडेल र मन्त्रालयका सचिवलाई बोलाएको थियो। 

बैठकमा प्रवेश नपाएपछि पत्रकार हल बाहिर बसिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.