बालिका जोखिममा

बालिका जोखिममा

 काठमाडौं : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशमा लंैगिक हिंसाविरुद्ध अभियान थाल्ने भएको छ । मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहमा सोमबारदेखि अभियान सुरु हुने जानकारी दिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले आइतबार पत्रकार सम्मेलनमा लैंगिक हिंसा विरुद्धको अभियान सबै स्थानीय तहमा सञ्चालन हुने बताइन् । ‘स्थानीय तहसम्म जनचेतना जगाउन अभियानले महŒवपूर्ण भूमिका खेल्नेछ,’ मन्त्री थापाले भनिन्, ‘प्रदेशस्तरीय अभियान पुसबाट स्थानीय तहमा सञ्चालन हुनेछ ।’ प्रदेश १ विराटनगरबाट सुरु गर्न लागिएको अभियान कात्तिक १८ गतेदेखि मंसिर ९ सम्म सञ्चालन हुनेछ । अ

भियानले लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै लैंगिक हिंसामुक्त राष्ट्र निर्माण गर्ने लक्ष्य लिएको विज्ञप्तिमा उल्लेख छ । लैंगिक हिंसा रोकथाम, पीडितको उद्धार, विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम तथा न्यायमा पहुँच गरी ४ रणनीतिमा रहेर मन्त्रालयले कार्ययोजना तयार पारेको सहसचिव रुद्रादेवी शर्माले जानकारी दिइन् । अभियानमा घरेलु हिंसा, अन्धविश्वास र कुरीतिबाट हुने हिंसा, वैदेशिक रोजगारसँग सम्बन्धित हिंसा, मनोरञ्जन क्षेत्र, कार्यस्थलका साथै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने हिंसालाई सम्बोधन गरिनेछ,’ सहसचिव शर्माले भनिन् ।

राजनीतिक क्षेत्र, सार्वजनिक स्थल र एसिड आक्रमणबाट भएका हिंसा पनि यसमा समेटिने उनले बताइन् । भियानलाई प्रदेशबाट सुरु गरेर स्थानीय तहसम्म पु¥याउने सचिव चन्द्रकुमार घिमिरेले बताए । उनले भने, ‘यो अभियानलाई तल्लो निकायसम्म लैजानुपर्छ । यसले हाम्रो मानसिकतामा परिवर्तन ल्याउनेछ ।’ महिला हिंसा न्यूनीकरण गर्न सामाजिक जडका रूपमा रहेका गलत मानसिकता हटाउन अभियान प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे । ०६३ मा पुनःस्थापित प्रतिनिधिसभामा पेस भएको सार्वजनिक महŒवको प्रस्तावमा महिलाको अधिकारलाई संवैधानिक रूपमा ग्यारेन्टी गर्न ४ बुँदा प्रतिनिधिसभाले सर्वसम्मत पारित गरेको थियो ।

जसमा आमा वा बुबामध्ये एकको नामबाट सन्तानले नागरिकता पाउन सक्ने ग्यारेन्टी, एक तिहाइ महिलालाई राज्यको सबै संरचनामा सहभागिताको ग्यारेन्टी, विभेदकारी कानुन खारेजी र महिला हिंसा अन्त्य समावेश छ । ०७६ जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ १६ मा राष्ट्रिय महिला अधिकार दिवस मनाउने र ०७६/७७ को वर्षलाई लैंगिक हिंसाविरुद्धको अभियान वर्षका रूपमा मनाउन संघ, प्रदेश र स्थानीय तहले अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार ‘लैंगिक हिंसामुक्त देश निर्माण’ भन्ने मूल नारासाथ यसै वर्षबाट लैंगिक हिंसाविरुद्धको अभियान वर्ष मनाउन लागिएको हो ।

अपराध अनुसन्धान विभागअन्तर्गत महिला तथा बालबालिका सेवा निर्देशनालयको तथ्यांकअनुसार ०७४/७५ मा १२ हजार दुई सय २५ घरेलु हिंसाका उजुरी परेका छन् । महिलाविरुद्ध हिंसासम्बन्धी पञ्चवर्षीय प्रहरी तथ्यांक हेर्ने हो भने पनि घरेलु हिंसा बढ्दो क्रममा छ । जबर्जस्ती करणको संख्या पनि कहालीलाग्दो छ । तर, यसमा उजुरी गर्नेको संख्या भने कम छ । जबर्जस्ती करणीको संख्या १ हजार ४ सय ५३ भए पनि उजुरी गर्नेमा ७ सय ४७ मात्र छन् । तथ्यांकअनुसार सोही आर्थिक वर्ष मानव बेचबिखनमा तीन सय पाँच, बहुविवाह ६ सय तीन, बालविवाह ५७ र बोक्सी आरोपमा ४७ उजुरी परेका छन् ।

विभागको तथ्यांकअनुसार जबर्जस्ती करणीमा महिला तथा बालिका बढी पीडित छन् । ११ वर्षदेखि १६ वर्ष उमेर समूहका पीडित ५ सय ९० छन् । सातै प्रदेश र उपत्यकाको पीडितको तथ्यांक हेर्ने हो भने बालिका ८ सय ५१ र महिला ६ सय १२ छन् । जसमा प्रदेश १ बाट सबैभन्दा धेरै २ सय २१ बालिका र १ सय ६३ महिला पीडित छन् । मुद्दा दर्ता गराउनेमा पनि प्रदेश १ नै अगाडि छ । तर, जबर्जस्ती करणीमा पीडित पक्षले सम्बन्धित निकायसम्म उजुरी नगरेको देखिन्छ । ११ देखि १६ वर्ष उमेर समूहमा दुई सय ३५ पीडितले मात्र जबर्जस्ती करणीमा उजुरी गरेका छन् । अभियुक्तमा १९ देखि २५ उमेर समूहका पुरुष सबैभन्दा बढी छन् । पाँच सय ८७ अभियुक्त यस समूहका छन् । उजुरी पर्नेमा २६ देखि ३५ उमेर समूहका दुई सय ५६ छन् ।

सातै प्रदेश र उपत्यका गरी उभियुक्त बालक १ सय २३, महिला ३ र पुरुष १७ सय ८२ छन् । उभियुक्तको उमेर १० वर्ष मुनिदेखि ४६ वर्ष माथिसम्मको छ । धेरैजसो अपराध राति हुने गरेको छ । पीडित र अभियुक्त बीचको सम्बन्धमा अपरिचित ३८ प्रतिशत छन् भने परिचित १४ प्रतिशत छन् । जसमा छिमेकी ३३ प्रतिशत, परिवार ६, साथी ५, आफन्त ४ प्रतिशत छन् । मानव बेचबिखनको मुद्दा हेर्ने हो भने ब्युरो, उपत्यका र सातै प्रदेशको गरी एक सय १९ पुरुष र चार सय २७ महिला छन् । लैंगिक हिंसाविरुद्धको अभियान वर्ष ०७६ को वार्षिक कार्यान्वयन कार्ययोजनामा लैंगिक हिंसा हुनै नदिन सचेतना र सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने भनिएको छ । साथै, प्रभावित एवं तिनका परिवारका सदस्यलाई सहयोग तथा पुनःस्थापना गर्ने, न्यायमा पहुँच बढाउने, लैंगिक विभेदमा आधारित हिंसा मानवअधिकारको मुद्दा भएको जानकारी गराउने योजना तयार पारिएको छ ।

००००००००

प्रदेश १ विराटनगरबाट सुरु गर्न लागिएको अभियान कात्तिक १८ गतेदेखि मंसिर ९ सम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.