मार्सेलसबाट मोहम्मद बनेका बक्सर

मार्सेलसबाट मोहम्मद बनेका बक्सर

क्यासियस मार्सेलस क्ले जुनियरको जन्म सन १९४२ मा अमेरिकामा भएको थियो। उनी अमेरिकी बक्सर थिए। बक्सरबाहेक उनी एक क्रान्तिकारी समाजसेवक पनि थिए। उनले अमेरिकाको काला जातिमा भइरहेको अत्याचारविरुद्ध आवाज पनि उठाएका थिए। उनलाई आफ्नो रङको कारण बच्चादेखि नै भेदभावको सिकार हुनु परेको थियो। उनको निक नेम ‘द ग्रेटेस्ट’ थियो।

२०औं शताब्दीका सबैभन्दा प्रतिष्ठित र महान् बक्सरको रूपमा उनलाई मानिन्छ। उनी पछि धर्म परिवर्तन गरेर मुस्लिम बने र आफ्नो नाम मोहम्मद अलि राखे। मोहम्मद अलिको नामबाट उनी बक्सिङमा परिचित छन्। पुरानो नामलाई उनी चाकरीको पहिचान मान्थे।

अलिको बक्सिङको सुरुआत एक रमाइलो घटनाबाट भएको थियो। उनी १२ वर्षको हुँदा उनका बाबुले साइकल उपहार दिएका थिए। तर, त्यो साइकल पछि हरायो। अलिले पुलिसमा साइकल चोरीको रिपोर्ट लेखाउन गए। उनले पुलिससँग चोरलाई पकड्ने तरिका सोधे। पुलिसले चोरलाई सजाय दिन बक्सिङ जान्नुपर्ने सुझाव दिए।

१२ वर्षको उमेरमा उनले बक्सिङको तालिम लिन सुरु गरे। १८ वर्षको उमेरमा उनले सन् १९६० को समर ओलम्पिकमा लाइट हाइ वेट डिभिजनमा स्वर्णपदक जिते। त्यसपछि उनी प्रोफेसनल बक्सर बने। उनले सन १९६४ मा २२ वर्षको उमेरमा हेभिवेट च्याम्पियनसिप जिते। सन १९६६ मा उनले धार्मिक विश्वास र विरोेध जनाउँदै भियतनाम युद्धमा जान अस्वीकार गरे। जसको कारण उनका सबै मेडल खोसियो। बक्सिङ लाइसेन्स कब्जा गरियो र बक्सिङ उनका लागि ब्यान्ड गरियो। उनी गिरफ्तार भए र पाँच वर्षको जेल सजाय सुनाइयो।

जेल सजायको विरुद्धमा उनले अदालतमा अपिलको लागि आग्रह गरे। जसले गर्दा उनले चार वर्षको सजाय फिर्ता पाए। त्यसपछि उनले चार वर्षसम्म बक्सिङको लागि कुनै संघर्ष गरेनन्। आफ्नो उचाइ पनि गुमाए। सन् १९७१ मा उनले फेरि बक्सिङ सुरु गरे र सफलता पनि प्राप्त गरे।

अलि २०औं शताब्दीका हाई वेट बक्सर हुन्। ३५ वर्षसम्म २१ बक्सरसँग लड्ने र १४ टाइटल जित्ने उनको रेकर्ड रह्यो। उनले द रिंग म्यागेजिनको फाइटर अफ द इयरको ६ पटकसम्म पुरस्कार जितेका थिए। उनलाई अहिलेसम्मका सबैभन्दा ठूलो हेभिवेट बक्सरको दर्जा दिइएको छ।

रिंग बाहिर उनले एक सफल संगीतकार रूपमा सफलता प्राप्त गरेका थिए। उनी दुई पटकसम्म ग्रामी नोमिनेसनमा पनि परेका थिए। उनी कलाकार र लेखकको रूपमा पनि चिनिए र दुईवटा बायोग्राफी पनि रिलिज गरे। सन १९८१ मा उनी बक्सिङबाट सन्न्यास लिएपछि धर्म र दानमा आफ्नो ध्यान केन्द्रित गरे। सन १९८४ मा बक्सिङको चोटको कारण उनलाई पार्किन्स भयो तर उनी विश्वमा एक सक्रिय व्यक्तिको रूपमा रहे। सन् २०१६ मा उनको मृत्यु भयो।

उनका एक बहिनी र चार दाजुभाइ थिए। पुरानो नाम उनका बाबु क्यासियस मार्सेलस सिनियरको नामबाट राखिएको थियो। उनी आफू १९औं शताब्दीमा रिपब्लिकन राजनेता र कट्टर पन्थी क्यासियस मार्सेलस क्लेको नामले केन्टकी राज्यमा सम्मानित भएका थिए र उनका पिता पेन्टर थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.