जोखिममा जनकपुर–जयनगर रेल

जोखिममा जनकपुर–जयनगर रेल

जनकपुर : रेल सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेल्वे ट्र्याक दीर्घकालीन नहुने देखिएको छ। यो रेलमार्ग नजिक पर्ने कमला नदीमा तटबन्द नहुँदा रेल्वे ट्र्याक वर्षात्मा बाढीको चपेटामा पर्ने देखिएको हो।

असारको बर्खामा जनकपुर–जयनगरको रेल्वे ट्र्याकको करिब पाँच किलोमिटर क्षेत्रफल डुवानमा परेको थियो। नेपाल भारत सिमा क्षेत्रमा पर्ने धनुषाको इनरुवातर्फ एक सय मिटर लिंक पूर्ण रूपमा बाढीले क्षतिग्रस्थ भएको थियो। रेल विभागका अनुसार बाढीले जनकपुर–जयनगर रेलमार्गमा करिब आठ करोड रुपैयाँको क्षति पुगेको छ।

‘कमला नदीको प्रवाह बढेर रेल्वे लिंक बढाएको हो। कमला नदीको बहाव क्षेत्रको ६ सय ५० मिटरमा तटबन्ध छैन’, रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझा, ‘तटबन्ध नभएकाले बर्खामा नदी रेल्वे ट्र्याक र बस्ती पस्छ।’ वर्षात्मा रेल्वे ट्र्याक सुरक्षित बनाउन अग्लो पुल वा नदी किनारमा तटबन्ध बनाउनु पर्ने देखिएको ओझाले भने।

रेल्वे ट्र्याक बगाएको क्षेत्र पानीको स्थायी निकासी हुने ठाउँ छैन। त्यसैले रेल्वे ट्र्याक निर्माण गर्दा थोरै संख्यामा कल्भर्ट निर्माण गरिएको थियो। वर्षात्को समयमा कल्भर्टले मात्र पानीको चाप थेग्न सक्ने अवस्था रहेन। यसका लागि उचित विकल्प खोजिनुपर्छ। समथल जमिनमा रेल्वे ट्र्याकको स्थानलाई अग्लो बनाइएको छ। ट्र्याकका कारण पानी समान रूपले बग्न पाउँदैन। पानी निकासीका लागि बनाइएको सानो तथा साँघुरो कल्र्भटबाट पानी बग्नुपर्ने हुन्छ। एकै पटक उच्च चापमा पानी निकासी हुन्छ। पानीको तीव्र बहावले कल्भर्ट काट्छ। सुक्खा याममा नदीको बहाव कम हुने भएकाले बाढीको जोखिम छैन। तर वर्षामा पुनः यस्तो समस्या आउन सक्छ। भारतीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगर–जनकपुर रेलमार्ग निर्माण गरिएको हो। जयनगर–जनकपुर रेलमार्ग निर्माण पूरा भएर रेल सञ्चालन गर्ने तयारीमा रेल विभाग छ। भारतले करिब ९ अर्ब रुपैयाँको लागतमा ६९ किलोमिटर जयनगर–जनकपुर–कुर्था–विजयापुरा–बर्दिबास खण्ड विस्तार गरिरहेको छ। जयनगर–जनकपुर खण्डको ३५ किलोमिटर रेलमार्ग निर्माण भइसकेको थियो। तर उक्त रेलमार्ग नेपाललाई हस्तान्तरण गर्नु पूर्व बाढीले क्षति पुर्‍याएको छ। हस्तान्तरण नभइ बिग्रेकाले भारत सरकारले नै यसको मर्मत गरिदिने छ।

बाढीले रेलमार्गमा क्षति पुर्‍याएको विषयमा भारतलाई वर्षात्कै समयमा दिइएको थियो। तत्कालीन समयमा दुवै देशका प्रतिनिधिले बाढी ग्रस्थ क्षेत्रको निरीक्षण गरेका थिए। केही साता अघि रेल विभागले रेलमार्ग मर्मत सम्बन्धमा भारतलाई पत्र पठाइसकेको छ। भारतका प्राविधिले पुनः रेल्वे ट्र्याकको निरीक्षण गरेका थिए। सुक्का याममा पुरानै संरचनालाई मर्मत गरेर रेल सञ्चालन गर्न सकिने सम्भावना छ। तर वर्षात्मा बाढीले बगाउने भएकाले भारतले यो खण्डलाई दिर्घकालिन बनाउन सकिन्छ भनेर विज्ञबाट अध्ययन गराउन खोजिरहेको विभागले जानकारी दिएको छ।

‘कल्र्भटको संख्या थोरै छ। दूरी पनि धेरै छ। वर्षात्को पानी यी कल्र्भटले थेक्न सक्दैन’, ओझाले भने, ‘यसका ठूलो पुल बनाउनुपर्ने हुन्छ।’ उनका अनुसार पुल बनाउने विषयमा भारतीय पक्षलाई जानकारी गरिएको छ।

जनकपुर–जयनगर रेल सञ्चालन गर्ने सरकारको तयारी छ। यो खण्डमा रेल सञ्चालन गर्न सरकारले भारतको कोंकण रेल्वे कर्पोरेसनसँग खरिद सम्झौता गरिसकेको छ। जनकपुर–जयनगरमा दुईवटा रेल सञ्चालन गरिनेछ। मन्त्रिपरिषद्ले २०७५ चैतमा ८४ करोड ६५ लाख रुपैयाँ रेल विभागलाई निकासी गरेको छ। वैशाखमा रेल खरिद सम्झौता भएको थियो। नेपालले खरिद गर्न लागेको डिजेल इलेक्ट्रिक मल्टिपल युनिट ट्रेन हो। यो रेल दुवै भागबाट चलाउन सकिन्छ। छोटो दूरीका लागि उपयुक्त रेल हो। यसमा डिजेल इन्जिनबाट बिजुली उत्पन्न हुन्छ र त्यसबाट रेलमा हुने ट्र्याक्सन मोटर चल्छ। यसले प्रतिघण्टा एक सय ६० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ। भारतले मंसिरसम्म एउटा रेल उत्पादन गरेर नेपालाई दिने विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताए। ‘मंसिरसम्ममा रेल ल्याएर सञ्चालन गर्ने योजना अनुरुप विभागले प्रक्रिया अघि बढाएको थियो’, चित्रकारले भने, ‘बाढीले रेल्वे ट्र्याक बगाउँदा समस्या आयो। ट्र्याक पूर्ण पमा निर्माण नभई रेल सञ्चालन गर्न सकिदैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.