साझा अर्थतन्त्र निर्माण गर्न चीनियाँ राष्ट्रपति सीको आह्वान

साझा अर्थतन्त्र निर्माण गर्न चीनियाँ राष्ट्रपति सीको आह्वान

बेइजिङ : चीनका राष्ट्रपति सी चिनफिङले विश्वलाई खुला तथा नयाँ सिर्जनशील साझा विश्व अर्थतन्त्र निर्माण गर्न आह्वान गरेका छन्। चीनको साङहाइमा मंगलबार सुरु भएको दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो उद्घाटन समारोहमा उनले यस्तो आह्वान गरेका हुन्।

‘खुलापन तथा सहयोग, भाग्यको सहअस्तित्व’ शीर्षकमा सम्बोधन गरेका सीले चीनले वैदेशिक खुलापनलाई निरन्तरता दिने पाँचवटा कदम पनि सार्वजनिक गरेका छन्। ती कदममा बजारलाई थप खुला पार्ने, खुलस्त बनोटलाई पूर्णता दिलाउने, कारोबार तथा व्यापारको वातावरण अझै राम्रो बनाउने, द्धिपक्षीय तथा बहुपक्षीय सहयोगलाई थप गहन पार्ने र ‘बेल्ट एन्ड रोड’को संयुक्त निर्माणलाई बढाउने विषय समावेश छन्।

चीनले संयुक्त परामर्श, संयुक्त निर्माण तथा संयुक्त उपभोगको सिद्धान्तमा अडिग रहेर खुला, हरित, स्वच्छ र कर्तव्यनिष्ठ अवधारणा कायम राखी ‘बेल्ट एन्ड रोड’को संयुक्त निर्माणको गुणस्तरीय विकासलाई निरन्तर अघि बढाउने पनि सीले बताए। ‘बेल्ट एन्ड रोड’ संयुक्त निर्माणका सम्बन्धमा हालसम्म १ सय ३७ मुलुक र ३० अन्तर्राष्ट्रिय संगठनले सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरिसकेका छन्।

‘नवीन युग, साझा भविष्य’ को नारा बोकेको यस एक्स्पोमा ६४ वटा मुलुकको सहभागिता छ। १ सय ५० मुलुक र क्षेत्रबाट ३ हजारभन्दा बढी उद्योग व्यवसायी र विविध व्यवसायका करिब सात हजार विदेशी क्रेताले सहभागिता जनाएका छन्। फ्रान्सका राष्ट्रपति, विश्व व्यापार संगठनका महाप्रबन्धकलगायत व्यक्ति उद्घाटन समारोहमा उपस्थित थिए।

गत वर्ष आयोजित पहिलो एक्स्पोमा ५७ अर्ब ८३ करोड अमेरिकी डलरको सम्झौता भएको थियो। विशेषगरी वर्तमान संरक्षणवाद र एक पक्षीयतावाद बढ्दैगएको र विश्व व्यापार तथा लगानी मन्द भएको पृष्ठभूमिमा एक्स्पोले महत्त्वपूर्ण भूमिका खेल्नेछ।

नेपालबाट सचिव नेतृत्वको सहभागिता

दोस्रो चीन अन्तर्र्रािष्ट्रय आयात एक्स्पोमा नेपालका तर्फबाट सचिवस्तरको मात्रै सहभागिता रहेको छ। भर्खरै सम्पन्न चीनका राष्ट्रिपतिको नेपाल भ्रमणपछि नेपाल र चीनले जारी गरेको संयुक्त वक्तव्यको ६ नम्बरको बुँदाको दोस्रो हरफमा समेत चिनियाँ पक्षले नेपाली पक्षलाई साङहाइमा आयोजना हुने दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागिताका लागि स्वागत गर्छ भन्ने उल्लेख छ।

राष्ट्रपति सीको नेपाल भ्रमणअघि प्रकाशित उनको हस्ताक्षरित लेखमा समेत उक्त एक्स्पोमा भाग लिई नेपालका विशिष्ट उत्पादनलाई चीनमा निर्यात गर्न नेपाललाई स्वागत गर्छ भनी उल्लेख गरिएको थियो।

वाणिज्य मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको नेतृत्वमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, नेपाल पर्यटन बोर्ड, हस्तकला महासंघ र व्यवसायीको सहभागिता छ। एक्स्पो नोभेम्बर १० सम्म चल्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.