गौडाकुवामा शव भेटियो
स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ र ४ को सीमानामा पर्ने गौडाकुवामा शव भेटिएको छ।गुल्मीको सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेक घरभई विगत १० वर्षदेखि स्याङ्जाको कालीगण्डकी ४ बिर्घामा बस्दै आएका ५० वर्षीय सोमबहादुर विकको शव रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
बुधबार बिहान कुवामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवं प्रहरी निरीक्षक निरन्जन घिमिरेसहितको टोली घटनास्थल पुगी कुवामा तैरिरहेको अवस्थामा शव निकालेका थिए ।
पोष्टमार्टमका लागि शव वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आएका विकको मृत्युबारे थप अनुसन्धान भइहरको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए।