भारतीय नक्साविरुद्ध राजधानीमा विरोध प्रदर्शन

भारतीय नक्साविरुद्ध राजधानीमा विरोध प्रदर्शन

काठमाडौं : विद्याथी संघसंगठनले भारतीय नक्सामा कालापानी र लिपुलेक समेटेको विरोधमा प्रदर्शन गरेका छन्। ‘गो ब्याक इन्डिया’को नारा लगाउँदै  अनेरास्ववियु र नेवि संघले विरोध प्रदर्शन गरेका हुन्। 

राजाधानीका विभिन्न स्थानमा उनीहरुले भारतविरुद्ध चर्को नारा लगाउँदै विरोध गरेका हुन्। त्यसैगरी भक्तपुरमा नेमकिपाले  विरोध जुलुस निकालेको छ। 

 नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले विज्ञप्ति जारी गरेर राष्ट्रिय स्वाधिनता, सार्वभौमिकतामाथि नाङ्गो आक्रमण भएको भन्दै आपत्ति जनाएको छ। उसले त्यसविषयमा आवश्यक कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.