मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
विराटनगर : मोरङको धनपालनथान गाउँपालिका-२ मा हुने उप-निर्वाचनका लागि बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।
मोरङका जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो। कार्यालय स्थापना भएपछि निर्वाचनका लागि गर्नु पर्ने सबै काम सुचारु गरिएको जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरले बताए। उनकाअनुसार दुईवटा मतदानस्थल रहेको वडामा पाँचवटा मतदान केन्द्र र चार हजार ७४ मतदाता छन्।
कार्यालयको सुरक्षार्थ प्रहरी सहायक निरीक्षकको नेत्रृत्वमा टोली परिचालन गर्दै सुरक्षा लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले दिए।