सिटिनेट सम्मेलन नेपाल चिनाउने अवसर

सिटिनेट सम्मेलन नेपाल चिनाउने अवसर

ललितपुर : नेपाल भ्रमण वर्ष- २०२० सफल बनाउने अपेक्षासहित ललितपुर महानगरपालिकामा सिटिनेटको बैठक सुरु भएको छ। बैठकको उद्घाटन बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए। 

सिटिनेटको ३८औं बैठकमा भाग लिन नेपाल आइपुगेका संस्थाका महासचिव विजय जगन्नाथनले भ्रमण वर्ष- २०२० सफल हुने उद्घोष गरे। बैठक आयोजना गरिरहेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पनि विभिन्न मुलुकका प्रतिनिधिबाट नेपालबारे प्रचार हुने विश्वास व्यक्त गरे।

सिटिनेट एसिया प्यासिफिक क्षेत्रको एक सय ३५ वटा महानगरपालिका र नगरपालिकाको सञ्जालको हो। यतिबेला २२ वटा मुलुकका ८८ जना पाहुना ललितपुर महानगरपालिका आइपुगेका छन्। त्यसमध्ये १४ जना मेयर उपस्थित छन्। उक्त बैठक शुक्रबारसम्म चल्नेछ। ‘पर्यटकीय विकास तथा सम्पदा संरक्षण’ बैठकको मूल एजेन्डा रहेको छ।

सिटिनेटको सदस्य भइसकेपछि एकअर्काको राम्रा अभ्यास आदानप्रदान गरिने जगन्नाथनले बताए। सदस्य राष्ट्रहरूले दिगो विकास, पूर्वाधार विकास, सहरीकरण, वातावरण, प्रदूषणलगायत समस्या समाधान खोज्ने गर्छ। भौगोलिक हिसाबले नेपाल निकै सुन्दर रहे पनि यहाँका सुन्दर हिमालयको अस्तित्व बचाइरहन चुनौती रहेको उनले बताए। उनले भने, ‘वातावरण प्रदूषणको असर हिमालमा परेको छ, स्वच्छ वातावरणका लागि हिमाल बचाउनुपर्छ।’ नेपालले इनर्जी उत्पादन खानी रहेको पनि उनले जनाए।

जगन्नाथनले भने वातावरण प्रदूषणले मानिसको दैनिक जीवन गुणस्तरहीन बनाइदिन्छ। त्यसैले समयमै सही काम गर्नुपर्ने सुझाए। नेपालको सम्पदा क्षेत्रमा सवारी निषेध गरिनुपर्नेमा उनले जोड दिए। ‘कार निषेध गर्दा पनि आधा प्रदूषण घट्छ’, जगन्नाथनले भने, ‘विश्वसम्पदा क्षेत्रमा परेको पाटन दरबार स्क्वायरजस्तो ठाउँमा सवारी निषेध गर्दा पर्यटक निकै खुसी हुने थिए।’ महानगरपालिकाले सवारी न्यूनीकरण गर्न अथवा वातावरणमैत्री सवारीको चाँजो मिलाउन अत्यावश्यक रहेको सुझाव दिए।

कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले भ्रमणवर्ष २०२० को संघारमा यस्तो कार्यक्रम गर्दा सफल हुने अपेक्षा राखेको बताए। विभिन्न मुलुकका प्रतिनिधिमार्फत नेपालबारे प्रचार गर्दा पर्यटक आवागमन बढ्ने उनको भनाइ छ।

ललितपुर महानगर २९ वर्षदेखि सिटिनेटको साधारण सदस्य बनेको महर्जनले जानकारी दिए। तर, श्रीलंकाको कोलम्बोमा भएको महाधिवेशनमा नेपाल कार्यकारी समितिका लागि लडेको थियो। कार्यकारी सदस्य भएपछि ललितपुर महानगरपालिकाले नेपालमा बैठक गर्ने प्रस्ताव गरेको थियो।

सम्पदा र दिगो विकासबारे महानगर आफ्नो ठाउँबाट लडेको जानकारी दिँदै महर्जनले भने, ‘सडक भनेको मान्छे हिँड्नका लागि हो भन्ने परिपाटी विकास गर्नेछु, पुल्चोक, ग्वार्को सडकखण्डमा एकतर्फी सवारी मात्र सञ्चालनमा ल्याइएको छ।’ सम्पदा क्षेत्रमा सवारी निषेध गर्दा आलोचनाको सिकार हुनुपरेको उनले बताए। सिटिनेटको सदस्य भइसकेपछि ललितपुर महानगरले जापानका विद्यालयमा जस्तै अनलाइनमार्फत पठनपाठन सुरु गर्नुका साथै विपद व्यवस्थापन कोषको व्यवस्थापन गरेको महर्जनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.