वडा कार्यालय सार्ने विषयमा विवाद

वडा कार्यालय सार्ने विषयमा विवाद

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालय सार्ने विषयमा विवाद भएको छ। हुलाकी राजमार्गको मनहेरामा रहेको वडा कार्यालय देवरिया (जाखोर) तालको शिव माध्यामिक विद्यालयको जमिनमा सार्ने वडा कार्य समितिले निर्णय गरेपछि विवाद भएको हो।

वडा कार्यालय सार्न नहुने भन्दै आइतबार संघर्ष समिति गठन गरिएको छ। स्थानीय मोती रानाथारुको संयोजकत्वमा २१ सदस्यीय संघर्ष समिति गठन गरिएको हो। हुलाकी सडक क्षेत्रबाट वडा कार्यालय नसार्न संघर्ष समितिले आग्रह गरेको छ। समितिले हुलाकी राजमार्गसँग जोडिएको कालिका मन्दिरको जमिनमा वडा कार्यालयको भवन निर्माण गर्न माग गरेको छ।

संघर्ष समितिका संयोजक मोतीले हुलाकी सडक क्षेत्रमै वडा कार्यालय हुनुपर्ने बताए।

मनहेराका भीमबहादुर विसीले वडा कार्यालय कालिका मन्दिरमै उपयुक्त हुने दाबी गरे। वडाध्यक्षले छलफल नै नगरी वडा कार्यालय स्थानान्तरण गर्न खोजेको आरोप उनको छ। ‘स्थानीयको सल्लाहबिनै वडा कार्यालय सार्ने कुरो भएको छ’, उनले भने, ‘जनताको आवश्यकताभन्दा पनि निश्चित स्वार्थका लागि कार्यालय स्थानान्तरण गर्न खोजिएको छ।’

विद्यालयले वडा कार्यालय, स्वास्थ्य कार्यालय, जेष्ठ नागरिकका लागि भवन निर्माणका लागि जमिन दिने वडा कार्यालयसँग सहमति गरेको छ। मुख्य सडकमै वडा कार्यालयको भवन निर्माण गर्नुपर्ने संघर्ष समितिको माग छ।

वडाध्यक्ष सीताराम रानाले कालिका मन्दिर व्यवस्थापन समितिको शर्त पूरा गर्न नसकिने भएपछि कार्यालय जाखोर तालमा सार्न लागिएको जानकारी दि ए।

‘समितिले पाँच सटरको माग गरेको हो’, रानाले भने, ‘तर हामीसँग मन्दिरका लागि सटर निर्माण गर्न बजेट छैन। माविले निःशुल्क जमिन दिने निर्णय गरेपछि वडा कार्यालय सार्ने निर्णय गरेका हौं।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.