नेपालको फितलो प्रदर्शन

नेपालको फितलो प्रदर्शन

काठमाडौं : मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालविरुद्धको तीन दिवसीय प्रथम श्रेणीको क्रिकेट प्रतियोगिताको दोस्रो दिन बिहीबार तीन सय दुई रनको अग्रता हासिल गरेको छ। प्रतियोगिताको दोस्रो दिन नेपाली टोली आफ्नो पहिलो पालीमा एक सय ५३ रनमै अलआउट भएपछि एमसीसीले अग्रता फराकिलो बनाएको हो। अघिल्लो दिन ६ विकेटको नोक्सानीमा बनाएको तीन सय ११ रनको स्थितिबाट एमसीसीले बिहीबारको खेल अगाडि बढाएको थियो।

खेलको दोस्रो दिन एमसीसी आफ्नो पहिलो पालीमा तीन सय ६४ रन बनाउँदै अलआउट भयो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एमसीसीका लागि पहिलो पालीमा विल रोड्सले ७३ रनको योगदान गरे। यसैगरी विल भान्डेर्सपारले ५३ र मिल्स ह्यामोन्डले ५२ रन बनाए। यासिर अराफतले पनि टोलीको खातामा अविजित ६५ रन थपे। उनले ९८ बलको सामना गरी एक छक्का र १० चौका हिर्काए। उनी अघिल्लो दिन ३५ रनमा अविजित थिए। टम विस्लीले ३९ र एलेक्स थम्सनले ३० रन बनाए। थम्सन अघिल्लो दिन २२ रनमा अविजित थिए।

एमसीसीले एक सय दुई ओभर ब्याटिङ गर्‍यो। पहिलो पालीमा नेपाली बलर सन्दीप लामिछाने र करण केसीले तीन÷तीन विकेट लिए। सोमपाल कामी र शरद भेषावकरले पनि दुई÷दुई विकेट हात पारे। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले पहिलो पालीमा गतिलो ब्याटिङ गर्न सकेन। एक सय ५३ रनमै अलआउट भएपछि नेपाली टोली पहिलो पालीमा दुई सय ११ रनले पछाडि पर्‍यो।

नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान सन्दीप लामिछानेले सर्वाधिक ३९ रनको योगदान गरे। अविजित रहेका सन्दीपले २१ बलको सामना गरी चार छक्का र दुई चौका हिर्काए। विनोद भण्डारीले ५१ बलमा पाँच चौकाको मद्दतले ३६ रन बनाए। सोमपाल कामीले २६ रन थपे। अन्य अनुभवी ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्। नेपाली टोली ४५ ओभरमै अलआउट भयो।

कप्तान ज्ञानेन्द्र मल्ल खाता खोल्नुअघि नै पेभेलियन फर्किए भने शरद भेषावकर पनि चार रनभन्दा अगाडि बढ्न सकेनन्। ओपनर राजु रिजाल आठ रनमै आउट भए। आरिफ शेखले १० रन बनाए भने दीपेन्द्रसिंह ऐरी एक रनमा पेभेलियन फर्किए। एमसीसीका बलर यासिर अराफत र एलेक्स थम्सनले तीन÷तीन विकेट लिए। ओलिभर ओल्बीले दुई तथा क्रिस रिघ र विल रोड्सले एक÷एक विकेट हात पारे।

लगत्तै दोस्रो पाली ब्याटिङ गर्न आएको एमसीसीले दोस्रो दिनको खेल समाप्त हुँदासम्म दुई विकेट गुमाएर ९१ रन बनाइसकेको छ। एमसीसीका टम विस्ली १७ र मिल्स ह्यामोन्ड तीन रन बनाउँदै क्रिजमा छन्। ओपनर विली गुड्सम्यान ३९ र विल रोड्स ३० रनमा आउट भए। नेपालका पवन सर्राफ र ललित राजवंशीले एक÷एक विकेट लिए।

नेपाली राष्ट्रिय टोलीले १४ वर्षपछि घरेलु मैदानमा प्रथम   श्रेणीको क्रिकेट खेलेको हो। नेपालले पछिल्लो पटक सन् २००५ मा यूएईविरुद्ध आईसीसीले मान्यता दिएको पहिलो   श्रेणीको क्रिकेट खेलेको थियो। एमसीसीविरुद्घको खेलसँगै कप्तान ज्ञानेन्द्र मल्लसहित नेपालका नौजना खेलाडीले पहिलो पटक प्रथम   श्रेणीको क्रिकेट खेल्ने मौका पाएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.