सिके राउत मधेसी नेताप्रति आक्रमक

सिके राउत मधेसी नेताप्रति आक्रमक

परासी : जनमत पार्टीका अध्यक्ष डा. सिके राउत मधेसी नेताप्रति आक्रमक देखिएका छन्। स्वतन्त्र मधेस गठबन्धन परिवर्तन गरेर नयाँ पार्टीको घोषणा गरेका राउतले सबैजसो मधेसी नेता सत्ता लिप्त भएको आरोप लगाए।

 
पार्टीको जिल्ला परिचालन समितिले आयोजना गरेको ‘पार्टी कार्यकर्ता भेटघाट एवम् मधेसको समसामयिक राजनीतिक’ अन्तरक्रिया कार्यक्रममा सहभागी भएका राउतले यस्तो आपत्ति जनाएका हुन्। 

शुक्रबार पश्चिम नवलपरासीको सदरमुकाम परासी पुगेका राउतले सरकारसँग आफूहरुले सम्झौता गरेपछि मधेसी दललाई टाउको दुखाई भएको आरोप लगाए। 

अधिकांश समय मधेसवादी दलका नेताको आलोचनामा खर्चेका राउतले आफूहरुले स्वराजको आन्दोलन गर्दा विरोध गर्नेहरु अहिले सरकारसँगको सम्झौतापछि पनि विरोध गर्न नछाडेको बताए। ‘कुनै पनि दलमा आवद्ध नभई मधेसमा पार्टी खोल्ने हाम्रो दल हो’, उनले भने, ‘मधेसका नाममा बनेका दलका नेता कुनै न कुनै पार्टीबाट फुटेर आएका छन्। त्यसैले हाम्रो पार्टीतर्फ जनताको आकर्षण देखेर उनीहरु आत्तिएका छन्।’ 

उपेन्द्र यादवलाई संकेत गर्दै राउतले भने, ‘ओली सरकार उपेन्द्रलाई बर्खास्त गर्न तयार छ। तर उनी भने सत्ता छाड्न चाहदैनन्। यस्तो लज्जित भएर बसेकाले मधेसको समस्या समाधान गर्दैनन्। ’ 

आन्दोलन छाडेर किन सम्झौता गरेको भन्ने कार्यकर्ताको प्रश्नमा राउतले थुप्र्रै देशको उदाहरण दिदैं भने,‘आन्दोलन र राजनीति छुट्टै हो। अब आन्दोलनको उपलब्धिलाई राजनीतिमार्फत अघि बढाउन दल दर्ता आवश्यक परेकाले सरकारसँग सम्झौता गरेका हौं।’ 

आफू र आफ्ना नेता तथा कार्यकर्ता जेलमा रहँदा र आन्दोलनमा मृत्यु हुँदासमेत मानवअधिकारकर्मी र पत्रकार नबोलेको उनले आरोप लगाए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.