कार्तिकमै पर्‍यो हिउँ

कार्तिकमै पर्‍यो हिउँ

जोमसोम : समुन्द्री सतहदेखि करिव ४ हजार मिटर उचाइमा अवस्थित उपल्लो मुस्ताङका विभिन्न गाउँहरुमा कात्तिकमै हिउँ परेको छ। उपल्लो मुस्ताङमा शुक्रबार बिहानैदेखि हुलका वर्षासंगै हिउँ परेको चराङका निर्वाचित जनप्रतिनिध टसी ढुन्डुक ठकुरीले जानकारी दिए।

ठकुरीले हिउँमा खेलेका तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। यो वर्ष कार्तिकमै हिउँ पर्दा उपल्लो मुस्ताङी आश्चार्यचकित भएको ठकुरीले बताए। उनले कार्तिकमा जाडो भए पनि यसअघि हिउँ नपरेको बताए। उपल्लो मुस्ताङमा हिउँ परेसंगै जाडो बढेको छ। ठकुरीका अनुसार शुक्रबार १० सेमी हिउँ परेको थियो। उपल्लो मुस्ताङको उत्तरी सीमावर्ती गाउँहरु छोसेर, छोनुप, सुर्खाङ, चुमजुङ, यारा, घारा, मराङ, चराङ, ध्ये, ताङ्ग्या र घमी लगायतका स्थामा आशिंक हिउँ परेको छ।

मुस्ताङमा तिहारलगत्तै अत्यधिक जाडो बढेको छ। उपल्लो मुस्ताङमा सञ्चालित शैक्षिक संस्थाहरु जारी शैक्षिक सत्र सकेर बेंसी झर्ने क्रममा छन्। कतिपय विद्यालय र गुम्बा स्कुलहरु यसअघि नै बेंसी स्थान्तरण भएको छोसेर स्थित दिव्यदीप माविका प्रअ रामुप्रसाद श्रेष्ठले जानकारी दिए। उपल्लो मुस्ताङका शैक्षिक संस्थाहरु बर्सेनि घुम्तीका रुपमा बेंसी लैजाने परम्परा रहेको प्रअ श्रेष्ठले खुलाए। 

उपल्लो मुस्ताङमा दशैं-तिहारको गुल्जारसंगै जाडो बढेपछि सुनसान भएको छ। उपल्लो मुस्ताङीहरु जाडो महिनामा घरमा १ जना कुरुवा राखेर घुम्ती व्यापारमा बेंसी ओर्लन्छन्। बेंसी झरेकाहरु कोही भारतमा गएर सुइटर व्यापार गर्छन् भने कोही नेपालका ग्रामीण स्थानमा व्यापार गर्छन्। यतिबेला दिनुहँ २० देखि ५० सम्म उपल्लो मुस्ताङी बेशी झर्न थालेको उपल्लो मुस्ताङ जीप व्यवसाय समितिका अध्यक्ष देव गुरुङले जानकारी दिए। मुस्ताङका शैक्षिक सत्र मंसिरपछि बन्द हुन्छ भने माथिल्लो भेकमा कार्तिकमै बन्द हुन्छ।

मुस्ताङमा यार्तुङ पर्व सकिएपछि हिउदयाम सुरु हुन्छ। यसैले यार्तुङ अघि नै स्थानीयबासी अन्नबाली थन्क्याएर फुर्सदमा बस्छन्। गत वर्ष माघको दोश्रो सातामा हिउँ परेको थियो। जाडो छल्न बेंसी झरेकाहरु हिउँद व्यापार गरी खाद्यान्न लिएर चैत्रमा गाउँ फर्कने परम्परा छ। जाडो याम सुरुभएपछि उपल्लो मुस्ताङमा पर्यटकको घुमफिर सुन्य जस्तै हुन्छ। हिउँदयाममा राष्ट्रिय गौरवको आयोजनाको उपल्लो मुस्ताङ खण्ड ठप्प हुने गर्छ। त्यहाँ कार्यरत मजदुर सबै अन्यत्रको काममा लाग्छन्। हिउँले उपल्लो मुस्ताङ सडकसमेत अवरुद्ध हुन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.