सानैदेखि निडर स्वभावको थिएँ

सानैदेखि निडर स्वभावको थिएँ

भाइबहिनी हो, मेरो नाम दीपा श्री निरौला हो। तिमीहरूले मलाई चिन्छौ कि चिन्दैनौ थाहा छैन। सबैले मलाई हास्यकलाकार, अभिनेत्री, रेडियो कार्यक्रम सञ्चालक र फिल्म निर्देशकका रूपमा चिन्छन्। आज तिमीहरूसँग आफ्ना बाल्यकालका केही तीता मिठा सम्झनाहरू साट्न पाउँदा मलाई एकदमै खुसी लागेको छ।

म २०३२ साल भदौ ७ गते विराटनगरको गहेली टोलमा जन्मिएको हुँ। त्यतै हुर्किएँ। सम्पूर्ण बाल्यकाल त्यहीँ बित्यो। चार वर्षको हुँदा नजिकैको विराट निम्न माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएँ। यहीँबाट मेरो औपचारिक शिक्षा प्रारम्भ भयो। कक्षा ७ सम्म त्यही स्कुलमा पढेँ। पढ्नमा म एकदमै ध्यान दिन्थेँ। तर, कहिलेकाहीँ कक्षाकोठाबाट भागेर नाच सिक्न जान्थेँ। मलाई नाच्न एकदमै मन पथ्र्यो। अझै पनि पर्छ।

गाउँमा कहिलेकाहीँ सत्यनाराणको पूजा, रुद्री पूजा लगाउँदा म स्कुलबाट भागेर नाच्न पुग्थेँ। स्कुल छोडेर नाच्न गएको भन्दै यता घरमा आमाले गाली गर्नुहुन्थ्यो। उता स्कुलमा सरले पनि होमवर्क गर्न छोडेर नाच्न जाने भनेर आंैलामा पेन्सिल राखेर कुट्ने र मुर्गा बनाउने गर्नुहुन्थ्यो। अहिले सम्झिँदा हाँसो लाग्छ।

म सानैदेखि अलि चकचके र निडर स्वभावको थिएँ। कसैसँग पनि डराउँदिनँथे। खेल्दा होस् या पढ्दा, मलाई केटाहरूसँग प्रतिस्पर्धा गर्न मन पथ्र्यो। नरिवलको रूख चढ्नेदेखि लिएर केटाहरूसँग गुल्ली डन्डा खुब खेल्थेँ।

आमा आफूले नपढेका कारण छोराछोरी राम्रोसँग पढेर ठूलो मानिस बनुन् भन्ने चाहनुहुन्थ्यो। आमाले घरमै ट्युसन पढाउने शिक्षक पनि राखी दिनुभयो। तर, मैले नाच्न छोडिनँ। होमवर्क गर्दा पनि नाचीनाची गर्थें। सधैं मलाई नाचेको देखेर आमाले बालमन्दिर नामक नृत्य सिकाउने ठाउँमा भर्ना गरिदिनुभयो। त्यो दिन म एकदमै खुसी भएँ।

२०४२ सालको बाल दिवसको दिन बाल मन्दिरकै आयोजनामा नृत्य प्रतियोगिता भएको थियो। त्यसमा म प्रथम भएँ। पुरस्कार पाएँ। झनै नाच्ने हौसला बढ्यो। त्यसपछि सबैले मलाई चिन्न थाले। २०४८ सालमा मलाई मैथिली भाषाको ‘अग्निपथ’ नामक टेलिसिरियलमा खेल्ने मौका मिल्यो। मेरो अभिनय यात्रा यहीबाट प्रारम्भ भयो। यसबाट पनि मैले धेरैको मन जितेँ। यसका लागि कक्षा छोडी छोडी मैथिली भाषा सिक्न जान्थेँ।

यसरी रमाइलो गर्दै दिन बित्दै थियो। विराटनगरको आदर्श माध्यमिक विद्यालयमा कक्षा ८ मा भर्ना भएँ। अभिनय गर्दै पढ्दै थिएँ। कक्षा १० को टेस्टको तयारी गर्दै थिएँ। आमा यो संसार छोडेर जानुभयो। यसले मलाई एकदमै गहिरो चोट प¥यो। तर, मैले आफ्नो पढाइलाई कमजोर बनाइन। किनभने मैले परीक्षाको तयारी पहिलेदेखि नै गर्दै आउँथे। त्यसैले भाइबहिनीहरूलाई पनि के भन्छु भने तिमीहरूमध्ये धेरैको परीक्षा आएपछि मात्र पढ्ने बानी छ भने त्यस्तो नगर्नु, समयमै पढिराख्नु। यसले पछि गएर सजिलो हुन्छ।

टेलिसिरियलमा अभिनय गर्दै एसएलसी पास गरंँे। त्यसपछि अर्थशास्त्र विषयमा आईएसम्मको पढाइ पूरा गरेँ। बीए भर्नाका लागि मसँग पैसा थिएन। म दोधारमा परेँ। पढ्ने या कलाकारिता रोज्ने। मैले कलाकारिता रोजेँ। आजसम्म निरन्तर यहीँ क्षेत्रमा काम गर्दै आइरहेको छु।

भाइबहिनी हो, जीवनमा सबैभन्दा ठूलो चुनौती हामीले आफ्नो भविष्य कतातिर डो¥याउने, कस्तो बनाउने ?    भन्ने निर्णय गर्नु हो। जीवनमा गलत निर्णय भयो भने सिंगो जीवन नै दुःखदायी हुन सक्छ। त्यसैले हामी भविष्यमा के बन्ने भन्ने कुरामा प्रस्ट हुनुपर्छ र सोहीअनुसार काम गर्नुपर्छ। मलाई सानैदेखि यस क्षेत्रमा रुचि भएकाले म आज यहाँसम्म आइपुगेको हुँ।

पढाइ छोडेर काठमाडौं आए। मदनदास    श्रेष्ठले मलाई रेडियो नेपालको नाटकमा अभिनय गर्ने मौका दिनुभयो। धेरै नाटकमा अभिनय गरेँ। नाटक गरेको पारि श्रमिक रु. पाँच सय पाएँ। त्यतिबेला अब यो काठमाडौं किनिदिन्छु जस्तो लागेको थियो। नाटकका लागि एक सय ५० जनाभन्दा बढीको लाइन हुन्थ्यो। यसै सिलसिलामा दीपकराज गिरी, जितु नेपाललगायतका कलाकारसँग भेट भयो।

एकदिन दीपकराजले धनियाँ र रामविलास कार्यक्रममा धनियाँको अभिनय गर्न बोलाए। सुरुमा म सक्दिनँ जस्तो लागेको थियो। तर, सबैले त्यो चरित्र मन पराए। एकाएक दर्शकको मुखमुखमा धनियाँको नाम सुनिन थाल्यो। यही धनियाँको कारण आजसम्म म सबैको मनमा बस्न सफल भएँ। यो चरित्रलाई म जीवनभरि भुल्ने छैन। धनियाँ मेरो कलाकारिता जीवनको सबैभन्दा प्रिय र अविस्मरणीय चरित्र बन्यो। यसैले मलाई जीवन जिउन सिकायो। यो मेरो पहिचान नै बन्यो।

विस्तारै मलाई नेपालीबाहेक अन्य भाषाभाषिका चलचित्र र टेलिसिरियलका लागि अफर आउन थाले। यही क्रममा मैले मैथिली, भोजपुरीदेखि थारू फिल्ममा पनि अभिनय गरेको छु।

काम गर्दै जाँदा हाम्रो एउटा टिम बन्यो। त्यसपछि दीपकराज गिरीको लेखन निर्देशनमा ‘तीतो सत्य’ नामक हास्य टेलिसिरियल बनायौं। यो दर्शकमाझ एकदमै लोकप्रिय भयो। त्यसपछि म हास्यकलाकारको रूपमा चिनिनँ थाले। दर्शकलाई हँसाउन महोत्सवदेखि विभिन्न कार्यक्रममा पुगेँ।

अभिनयसँगै पर्दा पछाडिका प्राविधिक काम पनि गर्नुपर्छ भन्ने लाग्यो। त्यसैले निर्देशनतिर लागे। यही क्रममा हास्य विधाका ‘छक्कापञ्जा’, ‘छक्कापञ्जा २’ र ‘छक्कापञ्जा ३’ गरी ३ ओटा चलचित्रमा निर्देशक भएर काम गरेँ। यो काम पनि दर्शकले निकै रुचाए।

(हास्यकलाकार निरौलासँग इन्द्र चौधरीले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.