सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलले दिए राजीनामा

धनगढी : सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्। कञ्चनपुरमा अवस्थित एक क्याम्पसको शेयर बिक्रिमा संलग्न भएको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका हुन्।

राज्यमन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका छन्। ‘क्याम्पसको शेयर बिक्रीमा मेरो कुनै संलग्नता नरहेको विषयमा झुठा उजुरी दिँदा प्रहरीको अनुसन्धानमा म उपर कहीँ कतै आरोप नहुँदा नहुँदै पनि जवरजस्ती मुद्दा सृजना गर्ने प्रयास केही व्यक्तिहरुले गरेका छन्’, राज्यमन्त्री रावलको विज्ञप्तिमा भनिएको छ। 

२०७५ असोज २३ गते रावल प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका थिए। रावल कञ्चनपुर-३ ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.