समृद्ध भक्तपुर बनाउन मेरो उम्मेदवारी : ढकाल

समृद्ध भक्तपुर बनाउन मेरो उम्मेदवारी : ढकाल

भक्तपुर : मंसिर १४ गते भक्तपुर क्षेत्र नम्बर १ क प्रदेशमा हुने उपनिर्वाचनको लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार देवीप्रसाद (डीपी) ढकालले समृद्ध भक्तपुर र भक्तपुरवासीलाई खुसी बनाउने अभियानको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

नेकपा भक्तपुरले आइतबार उम्मेदवारसँग गरेको साक्षात्कार कार्यक्रममा ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई भक्तपुरमा समृद्ध भक्तपुर र खुसी भक्तपुरवासी बनाउने अभियान सफल पार्न आफ्नो उम्मेदवारी रहेको बताएका हुन्।

यसअघि शनिबार नेपाली कांग्रेसले पनि आफ्ना उम्मेदवार कृष्णलाल भडेलसँग पत्रकारहरुको साक्षात्कार कार्यक्रम गरेको भोलिपल्ट नेकपा भक्तपुरले गरेको कार्यक्रममा उनले आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासमा आफूले योगदान गर्नेसमेत प्रतिबद्धता जनाए।

नेपाली कांग्रेसका उम्मेदवारले आफ्नो जीत सुनिश्चित भइसकेको दाबी गरिरहँदा नेकपाका उम्मेदवार ढकालले पनि अघिल्लो निर्वाचनमा नेकपाकै उम्मेदवारले जीत दर्ता गरेकाले यसपटक पनि नेकपाकै उम्मेदवारको जीत सुनिश्चित भएको जिकिर गरे।

अघिल्लो निर्वाचनमा पूर्वएमाले उम्मेदवार हरिशरण लामिछाने निर्वाचन हुँदा कांग्रेसका उम्मेदवार जीवन खत्री दोस्रो स्थानमा रहेका थिए। निर्वाचन प्रदेश सांसद लामिछानेको एक वर्षअघि मस्तिष्कघातको कारण मृत्यु भएपछि यहीं आउँदो मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो।

अघिल्लो निर्वाचनमा पूर्वएमाले तथा पूर्वमाओवादी केन्द्रको बाम गठबन्धनका उम्मेदवार भएर पनि पछि हट्न बाध्य ढकालले आफू निर्वाचित भए आफ्नो कार्यकालभित्र एकघर एक धारा अभियानमार्फत खानेपानीको समस्या समाधान गरिने जिकिर गरे। त्यस्तै भौतिक पूर्वाधार र सडकको विकासमा आफू लागिपर्ने उम्मेदवार ढकालले सुनाए।

‘खानेपानी समस्या व्यवस्थापन गर्न हाम्रो कार्यकालभित्र एक घर एक धारालाई मुख्य अजेन्डा बनाएका छौं’, उनले भने, ‘भौतिक पूर्वाधारको विकास र सडक सञ्जाल तथा स्तरोन्नतिलाई अर्को अजेन्डा बनाएका छौं।’, 
उनले अघिल्लो निर्वाचनको बाम गठबन्धनले तयार पारेको साझा घोषणापत्रलाई नै यस पटकको चुनावी घोषणापत्र बनाएको र सोहीअनुसार आफू अघि बढ्ने वचन दिए।

कार्यक्रममा नेकपा (नेकपा) केन्द्रीय सदस्य एवं भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हिजोको जीतलाई निरन्तरता दिन नेकपाले सबै प्रयास गर्ने बताए।

उनले अन्य प्रतिस्पर्धी दलका उम्मेदवारहरुलाई चुनावलाई नकारात्मक प्रचारबाजी र प्रोपोगान्डा गर्नेभन्दा रचनात्मक शैलीलाई आत्मसात गरेर नेकपामाथि जीत हासिल गर्न चुनौती दिए।

निर्वाचनमा बढीभन्दा बढी पैसा खर्च गरेर जित्नेले चुनावको खर्च उठाउनुपर्ने र हार्नेले गरिबीको भासमा जाकिनुपर्ने नेपालको निर्वाचन प्रणालीको शुद्धीकरण आवश्यक भएको उनको भनाइ थियो।

त्यस्तै नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाले भक्तपुरवासीको विकास निर्माणप्रतिको चाहना पूरा गर्न नेकपा र नेकपाका उम्मेदवार प्रतिबद्ध रहेको जानकारी दिए।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.