पर्यटन वर्ष : मुस्ताङमा साहसिक कार र्‍याली हुने

पर्यटन वर्ष : मुस्ताङमा साहसिक कार र्‍याली हुने

जोमसोम : मुस्ताङको थासाङ–२ कोवाङ क्षेत्रमा जलवायु परिवर्तन सम्बन्धी जनचेतनामुलक विश्व एक्स्ट्रिम इलेक्ट्रोनिक कार  र्‍याली हुने भएको छ।  जलवायु परिर्वतनको असर सम्बन्धी विश्व समुदाय माझ सचेतना जगाउने उद्देश्यले कम्पनीले एक्स्ट्रिम कार  र्‍याली गर्न लागेको हो। 

साहसिक र जोखिमपूर्ण मानिने यो कार  र्‍याली विश्वका पाँच देशमा हुँदैछ। मुस्ताङबाट ब्रान्ड लञ्च गर्ने उद्देश्यले नेपालमा  र्‍याली हुन लागेको  एक्स्ट्रिम ई कार्यक्रमकी व्यवस्थापक मिस लुइसाले जानकारी दिइन्। 

जोखीमपूर्ण कार  र्‍याली सन् २०२१ मे तारिखमा हुनेछ।  र्‍यालीमा प्रदुषणरहित कार रहने छन्। कार  र्‍यालीका लागि करिब १ अर्ब बजेट अनुमान गरिएको छ।

मुस्ताङको धौलागिरी र निलगिरी काखको १० किलोमिटर क्षेत्रफल छनोट गरिएको उनको भनाइ छ। र्‍यालीका लागि विदेशबाट कार नेपाल झिकाइने कम्पनीले बताएको छ। 

कम्पनीका प्रबन्ध निर्देशक अलेक्जेन्डर एगाधले कम्पनीको ब्रान्ड प्रवद्र्धन तथा जलवायु परिवर्तन सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले र्‍यालीको आयोजनाहुन लागेको बताए। 

कार  र्‍यालीको अवधिमा विश्कै चर्चित व्यक्तित्वसँगै हलिउड र बलिउडका सेलिब्रेटीलाई निम्त्याइने कम्पनीले बताएको छ। विश्व कार रेशको यसप्रकारको इभेन्ट नेपालपछि ब्राजिलमा हुने तय भएको छ।

कार  र्‍यालीको आयोजनाबारे जानकारी दिन आयोजित कार्यक्रममा सहभागी संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले यसले पर्यटन विकासमा टेवा पुग्ने बताए। 

यो कार्यक्रमले विश्वभर जलवायु परिवर्तनको सन्देश जाने उनको भनाइ छ। कार  ‘यस्तो कार्यक्रमले नेपाललाई विश्वभर चिनाउन सहयोग पुग्छ’, मन्त्री भट्टराईले भने।

मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले संसारकै चर्चित कार  र्‍यालीले विश्वभर मुस्ताङको सौन्दर्यता र महत्वलाई चिनाउने बताए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.