पाँचथरमा टिफर दुर्घटना, चालकसहित दुईको मृत्यु
![पाँचथरमा टिफर दुर्घटना, चालकसहित दुईको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/accident_20190217102945_TT7vSWDPOp.jpg)
पाँचथर : निर्माणाधीन मध्यपहाडी लोकमार्गको पाँचथरस्थित हिलिहाङ गाँउपालिकामा टिफर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। लोकमार्गमा काम गरेर फर्कदै गरेको बा २ क २९२० नम्बरको टिफर मंगलबार साँझ ८ बजे दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ गाँउपालिका-२ घर भएका मजदुर भिम तामाङको मृत्यु भएको छ।
टिपर हिलिहाङ-४ हवल्दार चोक नजिकैबाट १ सय मिटर तल खसेको टिपर ढुंगामा ठोक्किएर आगो लाग्दा चालक विनोद तामाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरुको पोष्टमार्टका लागि पाँचथर अस्पताल ल्याइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)