धनपालथान गाउँपालिकामा समाजवादीले कांग्रेसलाई सघाउने

धनपालथान गाउँपालिकामा समाजवादीले कांग्रेसलाई सघाउने

 विराटनगर : मोरङको धनपालथान गाउँपालिका-२ मा हुने उपनिर्वाचनमा समाजवादी पार्टीले नेपाली कांग्रेसलाई सघाउने भएको छ। 

दुई पार्टीबीच हुने चुनावी सहकार्यका बारेमा पनि बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो। 

कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूले दुई तिहाइको कम्युनिस्ट सरकारको दम्भ र घमण्ड तोड्न दुवै पार्टी एक भएर निर्वाचनमा होमिएको जानकारी दिए। 

समाजवादीका जिल्ला अध्यक्ष राजकुमार यादवले आफ्नो पार्टीले वडाको उप-निर्वाचनमा कांगेस उम्मेदवार नारायण साहलाई सहयोग गर्ने बताए। 

तत्कालीन एमालेका वडाध्यक्ष बलीराम भगतको २०७५ जेठ २४ गते सर्पले डसेर मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो।  मंसिर १४ गते हुने उप-निर्वाचनमा नेकपाले पंकज मण्डललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ। 

जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरका अनुसार दुईवटा मतदानस्थल रहेको धनपालथान-२ मा पाँचवटा मतदान केन्द्र र चार हजार ७४ मतदाता छन्। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.