अछाम उपनिर्वाचन : उम्मेदवारी दर्ता

अछाम उपनिर्वाचन : उम्मेदवारी दर्ता

अछाम : मेल्लेख गाउँपालिका–५ बिन्धेबासिनीमा आगामी मंसिर १४ हुने उपनिर्वाचनको लागि दुई दलले आज मनोनयनपत्र दर्ता गरेका छन्। बिन्धेबासिनीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलहरुले मनोनयनपत्र दर्ता गराएका हुन्। 

नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशबहादुर खड्काले मनोनयन दर्ता गरेका छन्। खड्काको समर्थक वीरबहादुर साउद र प्रस्तावक गोरखबहादुर खड्का रहेका छन्। यसैगरी नेपाली कांग्रेसको तर्फबाट बिरबहादुर बोहोराले मनोनयनपत्र दर्ता गराएका छन्। बोहोराको प्रस्तावक प्रकाश अधिकारी र समर्थनकमा पदमबहादुर खड्का रहेका छन्। बिहान १० बजेदेखि १ बजे मनोनयनको दर्ता रहेको समयमा दुई पार्टीले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत नवीनकुमार जोशीले जानकारी दिए।

नेकपाले उम्मेदवार बनाएको रमेशबहादुर खड्का ०७४ को स्थानीय तहको निर्वाचनमा पराजित उम्मेदवार हुन्। उक्त निर्वाचनमा उनी तत्कालीन नेकपा माओवादीबाट उम्मेदवार बनेका थिए। कांग्रेसले भने यसअघि वडाअध्यक्षमा निर्वाचित रामबहादुर बोहोराका दाजु वीरबहादुर बोहोरालाई उम्मेदवार बनाएको छ।  

स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा कांग्रेस र नेकपाबीच कडा टक्कर हुने देखिएको छ। ०४९ र ०५४ को स्थानीय निकायको निर्वाचनमा एमालेले जितेको बिन्धेवासिनीमा ०७४ को निर्वाचनमा कांग्रेसले जितेको थियो। कांग्रेस ०७४ को जस्तै अहिले पनि आफ्नो विरासत कायम राख्ने दाउमा छ भने नेकपा तोडिएको लालकिल्ला फर्काउने दाउमा छ। नेकपाका उम्मेदवार रमेशले भने, ‘यसपटक दुई कम्युनिस्ट एक भएकाले जित्ने निश्चित छ, फेरि पनि लालकिल्ला फर्काउनेछौँ।’ कांग्रेस भने जित कायम राख्न लागिपरेको छ। बिरबहादुर बोहोराले भने, ‘यसअघि भाइले जितेको थियो, भाइप्रति सच्चा श्रद्धाञ्जलीका लागि पनि जनताले मलाई विजयी गराउँछन् भन्ने पूर्ण विश्वासमा छु।’

जिल्ला भरमा उपनिर्वाचन हुने एक मात्र वडा भएकाले दलहरूको ध्यान त्यसतर्फ केन्द्रित भएको छ। उपनिर्वाचनका लागि बिन्धेवासिनीमा एक हजार नौ सय १४ मतदाता छन्। नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामबहादुर बोहोराको बाजुराको बडिमालिका दर्शन गर्न जाने बेला ०७४ साउन २१ गते बाटोमा लेक लागेर ज्यान गएपछि वडाध्यक्ष पद रिक्त भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.