भोजपुर उपनिर्वाचन : वडाअध्यक्षका लागि तीन उम्मेदवार
भोजपुर : मंसिर १४ गते भोजपुरमा एकमात्र वडाका लागि उपनिर्वाचन हुदैछ। वडाध्यक्षका लागि ३ राजनीतिक दलबाट उम्मेदवारी परेको छ। पौवादुङ्मा गाउँपालिका–१, श्यामशिलाको उपनिर्वाचनका लागि बुधबार पौवादुङ्मा गाउँपालिका च्यांग्रेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।
वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा नेकपाबाट जितेन राई, नेपाली कांग्रेसबाट समरबहादुर कार्की र मंगोल नेशनल अर्गनाइजेसनबाट कला राईले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेसबाट वडाध्यक्षमा निवार्चित रुद्रबहादुर पाण्डेकोे ७२ वर्षको उमेरमा गत श्रावण १९ गते निमोनियाका कारण निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।
निर्वाचन आयोगले बुधबार दिउँसो १ बजेसम्म मनोनयन दर्ता गराउने समय तोकेको थियो। जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार १६ सय १६ मतदाता छन्।