सीके राउतको जनमत पार्टीको मोरङमा उम्मेदवारी
विराटनगर : मोरङको धनपालथान गाउँपालिका २ को अध्यक्ष पदका लागि सिके राउतले नेतृत्व गरेको जनमत पार्टीबाट पनि उम्मेदवारी परेको छ। मंसिर १४ गते हुने उपनिर्वाचनमा जनमत पार्टीबाट चनरादेवी मण्डलले उम्मेद्वारी दर्ता गराएको मोरङका मुख्य निर्वाचन अधिकृत राजेन्द्र अधिकारीले बताए।
यस स्थानमा वडाध्यक्ष पदका लागि ७ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। नेपाली कांग्रेस र समाजवादी फोरमको संयुक्त प्यानलबाट नारायण प्रसाद साह, नेकपाबाट पंकज कुमार मण्डल, राजपाबाट चन्दानन्द मण्डल, मंगोल अर्गनाइजेसनबाट मेघनाथ पासवान, जनमत पार्टीबाट चनरादेवी मण्डल, राप्रपा संयुक्तबाट ज्योेति पासवान र नेपाल लोकतान्त्रिक पार्टीबाट देवनारायण मण्डलले मनोनयन दर्ता गराएका हुन्।
एमालेबाट निर्वाचित वडाध्यक्ष बलराम भगतको २०७५ जेठ २४ गते सर्पले डसेर मृत्यु भएको थियो। यहाँ ४ हजार ७४ जना मतदाताले मतदानमा भाग निर्वाचन कार्यालयले जनाएको छ।