सुनाकोठी–चापागाउँ सडक बल्ल कालेपत्रे हुँदै

सुनाकोठी–चापागाउँ सडक बल्ल कालेपत्रे हुँदै

ललितपुर : गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले तिहारभन्दा पहिला नै चापागाउँ सडकखण्ड कालोपत्रे गरिसक्ने दाबी गरेका थिए। दसैं तिहारमा नगरवासीलाई धुलोमैलोमा नहिँडाउने प्रतिबद्धता उनको थियो। तर, बचन समयमा पूरा गर्न सकेनन्। ढिलै भए पनि ठेंचोबाट टाहाखेलसम्मको कालोपत्रेको काम सुरु गरेका छन्।

गत शनिबारदेखि ठेंचो टाहाखेल सडकमा कालोपत्रेको काम सुरु भएको छ। मेयर महर्जनका अनुसार उक्त सडक निर्माणका लागि नेपाल सरकारले करिब १३ करोड बजेट उपलब्ध गराएको छ। शैलुगं  कन्स्ट्रक्सनले काम गरिरहेको महर्जनले बताए। तर ठेंचो–सुनाकोठी खण्डको निर्माण कार्य भने अझै निश्चित भइसकेको छैन। ‘मेरो नगरपालिकाभित्र काम सकाउँछु,’ महर्जनले भने, ‘तलको काम डिभिजन सडक कार्यालय आफैले गर्ला।’

०७१ सालमा सडक विस्तार आयोजनाले मुआब्जा निर्धारण नगरी ठेक्का लगाएको उनको भनाइ छ। ठेक्का लगाएको वषौं भए पनि मुआब्जा विवादका कारण काम सुरु हुन सकेको थिएन। विवाद मिलाउन सम्बन्धित निकायसँग विभिन्न चरणको बैठक बसेको महर्जनले जानकारी  दिए।  तर उक्त सडकको काम यथाअवस्थामा  गर्ने सहमति भएको हो। 

मुआब्जा निर्धारण नभई ठेक्का लगाएकाले सडक निर्माण अलपत्र परेको थियो। तर, समयमा सडक बन्न नसकेको भन्दै जनताले रातदिन दबाब दिदै आएका थिए। जनताको दबाबका कारण दसैंअघि खाली ठाउँमा १६ मिटर र अन्य ठाउँमा यथाअवस्थामा कालोपत्रे गर्ने सहमति भएको उनले जानकारी दिए।  उनले भने ‘उक्त सडक २२ मिटर बनाउने भनिएको थियो। तर, विवाद नमिलेपछी १६ मिटर मात्र बनाउने सहमति भएको हो।’

जनताको दबाब थेग्न नसकेपछि नगरपालिका आफैँ सडक बनाउन लागि परेको थियो। जसका लागि नगरपालिकाको कार्यपालिका बोर्डले सात करोड रुपैयाँ छुट्याएर सडक बनाउन अघि सर्दा सडक विभागले अनुमति नदिएको गुनासो महर्जनले गरे। 

सडक निर्माणमा सर्वोच्च अदालतको निर्णय अड्चन बनेको अनुभव उनीसँग छ। ‘घर र जग्गाको क्षतिपूर्ति दिएर मात्र भत्काउनु भन्ने निर्देशनपछि सडकको काम झन ढिलो छ’, उनले भने, ‘जनताहरू घर भत्काउन तयार भएपनि सरकारले मुआब्जा दिन सकेको छैन।’   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.