मुस्ताङका क्याङ
जोमसोम : दुई दशक अघि उपल्लो मुस्ताङमा विभिन्न ६ प्रजातीका वन्यजन्तु पत्ता लागेको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोष ,अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापको एक अनुसन्धान टोलीले स्तनधारी उक्त प्रजातीका बन्यजन्तु पत्ता लगाएका हुन्।
अनुसन्धानमा पत्ता लागेको ६ प्रजातीहरूमा यूरिसियन ईगल ओल ,टिबेटियन स्यान्डग्राउज ,वाईल्ड एस ,टिबेटियन गाजल , टिबेटियन एर्गाली ,भर्निस्ड एपोलो र टिबेटियन आर्गुस छन्। यी सबै प्रतिबन्धित बन्यजन्तु हुन्। यस अलावा मुस्ताङमा हिमचितुवा ,कस्तुरी ,हिमालयन कालो भालु ,ब्राउन बियर र चरी बाघ पाईन्छ। यो पनि एक्यापको प्रतिबन्धित सुचिमा पर्दछ। यस्तै अर्ध संरक्षित बन्यजन्तुमा घोरल ,चितुवा ,झारल र नाउर छन्।
मुस्ताङमा पत्ता लगाईएको ६ प्रजातीका बन्यजन्तु मध्ये जंगली गधा (क्याङ ) उच्चहिमाली पठार क्षेत्रमा पाईने गर्छ। दुर्लभ बन्यजन्तुको रुपमा सुचिकृत जंगली गथा उपल्लो मुस्ताङको दामोदरकुण्ड ,सुर्खाङ , कोरलापास र छुसाङ क्षेत्रमा पत्ता लागेको हो। यसलाई तिब्बतीयन जगली गधा भनिन्छ। यस प्रजातीलाई क्याङ ,ख्याङ र गोर्ख लगायतको नामले समेत चिनिन्छ।
हेर्दा दुरुस्तै खच्चड जस्तो देखिने यो प्रजातीको मुख्य बासस्थान उच्चलेकको पठार क्षेत्र हो। संसारमा यस प्रजातीको थोरै मात्र अनुसन्धान भएको एक्याप जोमसोमले जनाएको छ। हालसम्म यो प्रजाती चाईनाको तिब्बतीक्षेत्र ,नेपालको उत्तरी क्षेत्र र भारतको लहाकमा पत्ता लागेको हो। सन् १८४१ मा यस प्रजातीलाई ‘मु¥क्रफ्ट’ गधाको नामले समेत चिनिन्थ्यो।
केही वर्षअघि ठिनीका युवा निरज थकालीले उत्तरी कोरलापासमा यसप्रजातीको भिडियो समेत कैद गरेका थिए। उनले यो प्रजाती दुर्लभ बन्यजन्तु भएको बताएका छन्। डोल्पा र मुस्ताङको हिमाली क्षेत्र यसको बासस्थान भएको थकालीले उल्लेख गरे। जंगल गधाको मुख्य आहार पठारक्षेत्रको स–साना घासपात खाने गर्छ। यो साकाहारी वन्यजन्तु भएकाले तिर्खा लाग्दा घास संगै हुने पानी खाएर बाच्ने गर्छ। हिउदमा कहिले काही घास नपाउँदा जमिन खनेर जरा उप्काएर छाक टार्ने गर्छ। पानीको श्रोत नहुदा सग्लो हिउनै खाएर प्यास मेटाउने गर्छ। यसको सरदर उचाई १३२ सेमी देखि १४२ सेमी सम्म हुन्छ। शारिरीक वजन भालेको ३५० देखि ४०० केजी र पोथी गधाको २५० देखि ३०० सय सम्म् हुने गर्छ। यस प्रजातीको गधाको टाउको ठुलो हुन्छ।
जंगली गधाको रौ हिउदयाममा गाढा खैरो र बर्खायाममा मि िश्रत खैरो देखिने गर्छ। यसको रौं बर्खामा डेढ सेमीको हुन्छ भने हिउदमा बढेर दोब्बर बाक्लो हुन्छ। यसको भित्रि कान भने सेतो हुन्छ।
जंगली गधा (क्याङ ) ३ प्रजातीका छन्। पश्चिमी क्याङ ,पूर्वीय क्याङ र नेपाल र तिब्बती क्षेत्रमा पाईने दक्षिणी क्याङ हुन्। तिब्बतीयन जंगली गधा नेपालमा सन् २००१ को जुनमा वारागुङ मुक्तिक्षेत्रको छुसाङमा पत्ता लागेको भन्ने भनाई छ। उ समय ३७ वटा गधा त्यहा भेटिएको विभिन्न अध्ययनले पुष्टि गरेको छ। यसको पछिल्लो वर्षको तथ्याङ्कमा नेपालमा कुल १८५ क्याङ फेला परेको थियो। क्याङ अर्थात गधा जंगली प्रजाती मध्येकै सबैभन्दा ठुलो प्रजाती हो।
जंगली क्याङको विभिन्न प्रतिबेदनका आधारमा यसको गर्भाधारण अवधि ७ देखि १ वर्ष सम्म हुन्छ। यसले एक सिजनमा एक क्याङको बच्चा जन्माउने गर्छ। जन्मिएको नवजात क्याङको सरदर तौल ३५ केजीको हुन्छ। जन्मिएको केही घण्टामै हिड्न सक्ने नवजात क्याङको सरदर आयु २० वर्षको हुन्छ। यसले जन्मिएको ३ ÷४ भित्रै प्रजनन् गर्ने क्षमताको हुन्छ। जंगली गथा (क्याङ) ले जुलाई अन्तिम देखि अगस्टको अन्त्य सम्ममा सहबास गर्छन्। यस प्रजातीको संरक्षण गर्न बासस्थानमा ध्यान दिनुपर्ने एक्यापको भनाई छ।
१४ औं दलाई लामाका दाई थुक्तेन जिग्मे नर्वुले सन् १९५० ताका तिब्बतको आङ्दो क्षेत्रको कुम्बुङ गुम्बा देखि ल्हासा जाने क्रममा जंगली गधा (क्याङ देखेको र उनले त्यसको सौन्दर्यताको समेत बर्णन गरेका थिए। यस्तै ,नेपालको पहिलो पर्यटक जापानिज भिक्षु ईकाई कावागुची सन् १९०० देखि १९०२ को जुन सम्म तिब्बत यात्राको क्रममा रहँदा क्याङ देखेको जनाईएको छ।