‘सीमा रक्षाको चावी प्रधानमन्त्रीको हातमा’

‘सीमा रक्षाको चावी प्रधानमन्त्रीको हातमा’

इलाम : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकपछि सीमा रक्षाको चावी प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा सुम्पेको बताएका छन् । 

शुक्रबार बिहान इलाम आएका पौड्यालले फिक्कलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले बोलाएको भेलामा सबैले सीमा विवादका विषयमा भारतीय पक्षसँग कुरा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । उनले भने, ‘काग्रेस प्रधानमन्त्रीको काम हेरेर बसेको छ ।’ 

उनले नेपाल र भारतबीचको सीमा विवादका विषय चर्चामा आएजस्तो अहिले नै अन्तराष्ट्रियकरण गर्ने बेला भइनसकेको पौडेलले बताए। लिपुलेक तथा कालापानी भारतको नयाँ नक्सामा राखिएपछि सो मुद्धालाई अन्तराष्ट्रियकरण गर्ने चर्च भइरहँदा उनले यस्तो धारणा राखेका हुन् । पौड्यालले आफुसँग पर्याप्त प्रमाण भएपछिमात्र मुद्धालाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताए । 

उनले भने, ‘सरकारले सीमानाका विषयमा प्रष्टसँग कुरा राख्नुपर्छ भन्ने कुरा भएको हो ।’ उनले प्रमुख प्रतिपक्षी कमजोर नभएर रचनात्मक प्रतिपक्षीको भुमिकामा काम गरिरहेको बताए । उनले कम्युनिष्ट सत्ताबाट सम्वृद्धि नहुने भन्दै काग्रेसले सत्ताको वागडोर हात लिनुपर्ने बताए । 

पौड्याललाई इलामका कार्यकर्ताले पार्टीलाई एक ढिक्का बनाउन आग्रह गरे । नेपाली कांग्रेसका क्षेत्रीय सभापति दुर्गा बरालले भने, ‘हामी पार्टीभित्र झगडा नभएको दिनको प्रतिक्षामा छौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.