हत्या अभियोगमा दुई पक्राउ

हत्या अभियोगमा दुई पक्राउ

गुल्मी : तीनजनाको हतिया अभियोगमा गुल्मी प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । गत कार्तिक १६ गते गुल्मीको चन्द्रकोट गाउँपालिकाको हर्चाचौरमा हत्या गरी फालिएका एक महिला र दुई बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा बागलुङ गलकोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनार र १९ वर्षीय माधव सुनार रहेको प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए । शुक्रबार उनीहरुलाई सार्वजनिक गर्दै प्रहरीले थप एक जना फरार रहेको जानकारी दिएको छ । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मी र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका–२५ हेम्जाबाट नियन्त्रणमा लिईएको थियो । उनीहरुमाथि मोरङ कानेपोखरी गाउँपालिका–३ हरकपुरकी ३२ वर्षीय शिवमाया लिम्बू र उनका जुम्ल्याहा छोरी ७ वर्षीय गंगा र जमुना मगर रहेको हत्या गरेको अभियोग छ ।

घटना भएको झण्डै एकसातापछि महिला र बालिकाको शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। घटना घटेको लामो समयपछि थाहा पाएको प्रहरीले घटनास्थल पुगेर शव पहिचानका लागि मातहतका प्रहरी चौकी र स्थानीयलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुईसाता बितिसक्दा समेत शवको पहिचान हुन सकेको थिएन । 

लिम्बू केही वर्षदेखि जुम्ल्याहा छोरीसहित पोखरा महानगरपालिका–२५ लामाचौरमा डेरा गरी बस्दै आएकी थिइन् । घटनाका मुख्य योजनाकार भनिएका पूर्णबहादुर पोखरामा होटल सञ्चालन गर्दै आएका थिए । लिम्बू उनकै होटलमा काम गर्दे आएको बुझिएको छ । सोही क्रममा लिम्बू र सुनारबीच शारिरीक सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ । लिम्बूले पटक–पटक सुनारलाई विवाह गर्न आग्रह गर्दे आएकी थिइन् । सुनारले बिवाह गर्छु भन्दै बाग्लुङ घर जाऊँ भन्दै जुम्ल्याहा छोरी गंगा र जमुनालाई लिई कार्तिक ९ गते पोखराबाट बुटवल हुँदै गुल्मीको शान्तिपुर लगेका थिए । उक्त दिन शान्तिरपुरको एक होटलमा बास बसेर राति २ बजेको समयमा गाडी रिर्जभ गरी उनीहरु हर्राचौर पुगेको प्रहरीले जनाएको छ । 

यसपछि सुनारको समूहले लिम्बू उनकी जुम्ल्याहा छोरीको हत्या गरी पोखरा पुगेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार घटनामा मृत्यु भएका तीनै जनाको शव पाल्पा जिल्ला अस्पतालमा राखिएको छ । आफन्त आएपछि शवको पोष्टमार्टम गरी शनिबार दिउँसोसम्म बुझाउने प्रहरीको भनाइ छ । 

    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.