राष्ट्रवादको नारा लिएर लम्पसारवादमा सरकार : देउवा

राष्ट्रवादको नारा लिएर लम्पसारवादमा सरकार : देउवा

धनगढी : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार राष्ट्रवादको नारा दिएर लम्पसारवादमा अघि बढेको आरोप लगाएका छन्। चुनावमा राष्ट्रवादको नारा लगाउने नेकपाका नेता सीमा विवादमा आइपुग्दा लम्पसारवादमा परिणत भएको टीप्पणी गरे।

शनिबार धनगढीमा आयोजित नेपाल महिला संघको जिल्लास्तरीय प्रशिक्षणको उद्घाटन कार्यक्रममा सभापति देउवाले भारतले सार्वजनिक गरेको नक्सा गलत भएको बताउँदै सरकारले कूटनितिक माध्यमबाट तत्काल सच्चाउन पहल गर्नुपर्नेमा जोड दिए । सरकार सीमा समस्या सुल्झाउनमा गम्भीर नभएको उनको आरोप छ।

‘जनता सडकमा छन्। प्रतिपक्ष दलले दबाब दिएको छ’, देउवाले भने, ‘अझ पनि सरकार लम्पसार भएको छ।’ महाकाली सन्धिमा नै महाकालीको पानी आधा–आधा पाउने सहमति हुँदा पनि सरकार गम्भीर नहुनु बिडम्बना भएको उनको भनाइ छ।

‘राष्ट्रवादको नारा मात्र दिएर हुँदैन काम गर्नु अहिलको आवश्यकता हो’, उनले भने। सरकार भ्रष्टाचारमा लिप्त भएको उनको आरोप छ। सरकारले जनतालाई करको भारीबाहेक अरू कुनै कुरा दिन नसकेको उनको ठहर छ।

देउवाले ओली नेतृत्वको नेकपा सरकारका काम र व्यवहार देखेर जनता आजित भइसकेका बताए। ‘जनताले कम्युनिस्टको विकल्प खोज्दै छन्। त्यसका लागि कांग्रेसका नेता कार्यकर्ताले जनतालाई साथ दिनुपर्‍यो’, उनले भने।

नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरू आचारसंहिता उलंघन गर्दै स्वेच्छाचारी ढंगले हिँडिरहेको सभापति देउवालेको आरोप छ। विकास निर्माणका कार्य र योजनाहरूमा चरम भ्रष्टाचार भइरहेकाले उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.