समृद्ध नेपालको नारा नै खोक्रो : लेखक

समृद्ध नेपालको नारा नै खोक्रो : लेखक

भक्तपुर : नेपाली कांग्रेसका नेता रमेश लेखकले कम्युनिस्ट सरकारेको समृद्ध नेपाल बनाउने नारा खोक्रो सावित भएको बताएका छन्।

कांग्रेस भक्तपुरले शनिबार चाँगुनारायण नगरपालिका-५ छालिङमा गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता लेखकले कम्युनिस्ट सरकारको समृद्ध नेपाल र विकासको नारा खोक्रो हो होइन भक्तपुर नगरकोट सडकको अवस्थाले नै पुष्टि गर्ने स्पष्ट पारेका हुन्।

‘तीन वर्षभित्र बनाउने भनिएको भक्तपुर नगरकोट सडक पाँच वर्ष पूरा नभएबाटै सरकारको समृद्ध नेपाल र विकासको नारा खोक्रो हो भन्ने पुष्टि हुन्छ’, उनले भने, ‘भक्तपुर आएपछि मैले कांग्रेस र कम्युनिस्टबीचको भिन्नतासमेत स्पष्ट रूपमा देखेँ।’

कम्युनिस्ट सरकार असफल भएको, भ्रष्टाचारमा डुबेको दिनानुदिन जनतासामु उदाङ्गिँदै आएको उनको भनाइ थियो। भ्रष्टाचार, महँगी, बलात्कार र अधिनायकवादविरुद्ध मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसलाई मत दिन नेता लेखकले आह्वान गरे। 

भक्तपुरलाई प्रदेश राजधानी बनाउँछु : भँडेल

मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले आफूले भक्तपुरलाई प्रदेश ३ को राजधानी बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफू विजयी भए भक्तपुर नगरकोट सडक खण्ड छिटो निर्माण सम्पन्न गर्न जोड दिने र अहिले पनि जनदबाब दिइरहेको बताए।

कार्तिक २५ गते चाँगुनारायण नगरपालिका-१ बाट सुरु भएको नेपाली कांग्रेसको चुनावी घरदैलो कार्यक्रम मंसिर ४ गते भक्तपुर नगरपालिका-१० मा गएर सम्पन्न हुने उपनिर्वाचन परिचालन समिति संयोजक उद्धव खड्काले जानकारी दिए।
भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ क प्रदेशमा यहीं मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। यसअघि निर्वाचित नेकपाका प्रदेश सांसद हरिशरण लामिछानेको एक वर्षअघि मस्तिष्काघातको कारण मृत्यु भएको थियो।

अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको कांग्रेस यसपटक पहिलो हुने दाउमा रहेको छ। यहाँ नेकपाको तर्फबाट देवीप्रसाद ढकाल र नेपाल मजदुर किसान पार्टीका तर्फबाट निरज लवजू चुनावी प्रतिस्पर्धामा छन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.