गर्भपतनको औषधि बिक्री गर्नेमाथि मुद्दा

गर्भपतनको औषधि बिक्री गर्नेमाथि मुद्दा

परासी : गर्भपतनको औषधि बिक्री गर्ने स्वास्थ्यकर्मीसहित ३ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाकी २० वर्षीया युवतीलाई गर्भपतन गराउन एक युवकले स्थानीय क्लिनिकबाट औषधि खरिद गरेर दिएका थिए । प्रहरीका अनुसार युवतीले करिब ६ महिनाको गर्भ तुहाउन औषधि खाएकी थिइन् । औषधि खाएर घरमा सुतेकी युवतीको अत्यधिक पेट दुखेपछि परिवारले उपचारका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा पुर्‍याएका थिए । शौच गर्न पुगेकी युवतीले त्यहीँ पुरुष लिंग खुलेको मृत शिशुको जन्म दिएकी थिइन् । मृत शिशु फेला परेपछि चिकित्सकले प्रहरीलाई खबर गरेका थिए । सोही क्रममा उनीसहित तीन जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।

छिमेकी एक युवकसँग प्रेम सम्बन्ध रहेका कारण युवतीले गर्भ बोकेको प्रहरीले जनाएको छ । ती युवक स्थानीय एक स्कुलको कक्षा १० मा अध्ययनरत हुन् । कानुनले बन्देज गराएको औषधि बिक्री गर्ने स्वास्थ्यकर्मी पनि स्थानीय सरकारी स्वास्थ्य संस्थामा अहेव पदमा कार्यरत रहेको प्रहरी उपरीक्षक आचार्यले बताए । सबैको नाम प्रहरीले गोप्य राखेको छ । पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी ‘गर्भ संरक्षणविरुद्ध’ मुद्दा चलाइएको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विक्रम सुवेदीले जानकारी दिए । स्वास्थ्यकर्मीलाई गर्भपतन गराउन मतियारको भूमिका खेलेको अभियोग छ । गर्भवती महिलाको मञ्जुरीमा स्वास्थ्यकर्मीले १२ सातासम्मको गर्भपतन गराउन सक्ने कानुनमा व्यवस्था छ ।

मुलुकी अपराध संहिता २०७४ को फौजदारी कार्यविधि संहितामा गर्भपतन नगराए महिलाको ज्यानमा खतरा पुग्नेसहित विशेष कारणबाहेक गर्भपतन गराउन नपाइने उल्लेख छ । त्यसबाहेक गर्भपतन गराएमा कानुनी सजाय हुने व्यवस्था छ । जसअनुसार १२ साताभन्दा बढी २५ हप्तासम्मको गर्भ भए ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने प्रावधान छ । कसुर ठहरेमा उनीहरूलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुवेदीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.