काठमाडौंको वायु प्रदूषण घटाउन कार्ययोजना

काठमाडौंको वायु प्रदूषण घटाउन कार्ययोजना

काठमाडौं : काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि सरकारले कार्ययोजना बनाएर प्रदूषण कम गर्ने लक्ष्य लिएको छ । ‘सफा र स्वच्छ वायु भएको काठमाडौं’ भन्ने दीर्घकालीन सोचसाथ वातावरण विभागले कार्ययोजना तयार पारेको हो ।

वातावरण विभागले तयार गरेको कार्ययोजना स्वीकृतिका लागि मन्त्रालय पेस गरेको विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले जानकारी दिए । ‘विभागले कार्ययोजना निर्माण गरेर मन्त्रालयमा पेश गरेको छ’, जोशीले भने, ‘मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरेर अन्तिम रूप दिने तयारी छ ।’

यातायात क्षेत्र र निर्माण गतिविधिबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्ने, उद्योगबाट हुने प्रदूषण न्यून गर्ने, घरभित्रको वायु प्रदूषण कम गर्ने, वातावरणमैत्री तवरबाट फोहोरमैला व्यवस्थापन गरी वायु प्रदूषण न्यूनीकरण गर्ने कार्ययोजनामा समावेश भएको उपमहानिर्देशक जोशीले बताए । त्यसैगरी, वायु प्रदूषणको अवस्था, कारण, असर एवं न्यूनीकरणको सम्बन्धमा जनचेतना आमनागरिकमा पुर्‍याउने योजना छ । नीतिगत तथा कानुनी संरचनाको सुदृढीकरण गर्दै आर्थिक स्रोतको सुनिश्चितता गर्ने जोशीले बताए ।

वायु प्रदूषण नियन्त्रण गरी नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने लक्ष्य सरकारको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वकै प्रदूषित सहरमा काठमाडौं २००औं स्थानमा छ । अस्तव्यस्त सडक, सवारी साधन तथा विभिन्न उद्योग वायु प्रदूषणका मुख्य स्रोत हुन् । अव्यवस्थित उद्योग तथा कलकारखाना, सवारीसाधन सञ्चालन, क्षतिग्रस्त भौतिक संरचना र सडक मर्मत, धुवाँ, स्वास्थ्य संस्थाबाट निस्कने फोहोर, घरबाट निस्कने फोहोरले गर्दा वायु प्रदूषण उच्च विन्दुमा पुगेको छ ।

हावामा हुने धुलोको मात्रामा सावरी साधनले निकाल्ने धुलोको ३८ प्रतिशत हिस्सा छ । सवारी साधनले २ दशमलव ५ पिएम (पार्टिकुलर म्याटर) को धुलो उत्पादन गर्छन् । डिजेल÷पेट्रोलबाट कार्बन मोनोअक्साइड, हाइड्रोकार्बनजस्ता हानिकारक धुवाँ निस्कन्छ जसले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार हावामा २.५ पीएम (पार्टिकुलेट म्याटर) १० भन्दा कम माइक्रोग्राम पर क्युब मिटर हुनुपर्छ । नेपालको मापदण्डमा ४० भन्दा कम हुनुपर्छ । तर, काठमाडौंमा मापदण्डभन्दा बढी नै २.५ पीएम रहेको वातावरण विभागले जनाएको छ ।

उपत्यकामा वायु प्रदूषणजन्य रोगको जोखिम बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण ३७ हजार मानिसको मृत्यु भएको थियो ।

वातावरण विभागबाट सन् २०१७ मा गरिएको अध्ययनमा वायु प्रदूषणका मुख्य स्रोतमा यातायातका साधन, सडकमा जम्मा भएको धुलो, उद्योग, इँटाभट्टा, निर्माणजन्य गतिविधि, खुलारूपमा जलाउने कृषिजन्य एवं अन्य फोहोर छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.