हात्ती धपाउने विद्युतीय धरापमा परी मृत्यु
झापा : जिल्लाको मेचीनगर नगरपालिका ९ धुलाबारीमा आइतबार साँझ जंगली हात्तीबाट जोगिनका लागि स्थानीयले राखेको विद्युतीय तारबारमा परी एक महिलाको मृत्यु भएको छ ।
विद्युतीय धरापमा परी मृत्यु हुनेमा मेचीनगर ९ निबासी ५७ वर्षीया बुद्धिमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार गाईवस्तु धपाउ जाने क्रममा विद्युतीय धरापमा परी करेन्ट लागेर महिलाको घटनास्थलमै मृत्यु भएको हुनसक्ने प्रवक्ता श्रेष्ठले बताए।
यसअघि गत कार्त्तिक १६ गते हात्ती धपाउने विद्युतीय धरापमा परी झापाकै बुद्धशान्ति गाउँपालिकामा मामा-भान्जाको मृत्यु भएको थियो । उक्त घटना सेलाउन नपाउँदै पछिल्लो घटना घटेको हो।
प्रतिक्रिया दिनुहोस !
१