उदयपुरको बरगाछीमा चिस्यान केन्द्र

उदयपुरको बरगाछीमा चिस्यान केन्द्र

उदयपुर : किसानको सहजताका लागि उदयपुरको एक सामुदायिक वन समूहले चिस्यान केन्द्र सञ्चालनमा ल्याएको छ । दूध बिक्रीका लागि चिन्ता गरिरहेका किसानलाई लक्षित गरी त्रियुगा नगरपालिका १ स्थित रामजानकी सामुदायिक वन उपभोक्ता समूहले बरगाछीमा दुग्ध चिस्यान केन्द्र स्थापना गरेको हो । 

गाउँमा दूध खपत नहुने र बिक्रीका लागि ६ किलोमिटर पर रहेको सदरमुकाम गाईघाट धाउनुपर्ने समस्या भएपछि वन समूहले यस्तो व्यवस्था गरेको अध्यक्ष युवराज खनालले जानकारी दिए । समूहले ६ लाख ५० हजारको लागतमा चिस्यान केन्द्र संचालनमा ल्याएको खनालले बताए । 

सामुदायिक वनको आन्तरिक स्रोतबाट दुग्ध चिस्यान केन्द्र स्थापना भएपछि ६० घरधुरी जंगल नजिक रहेका परिवार लाभान्वित भएको छ । 'एउटा किसानलाई २÷३ लिटर दूध बेच्न सदरमुकाम धाउँदा आम्दानी नै सकिन्छ,' उनले भने, 'आम्दानी र समय दुबैको वचतका लागि यो व्यवस्था गरेका हौं।'

चिस्यान केन्द्रमा दैनिक दुई सय ५० लिटर दूध संकलन गरी गाईघाट पठाउने गरिएको अध्यक्ष खनालले जानकारी दिए । एक÷एकजना धाउनुको साटो गाउँघरमै जम्मा गरिदिने त्यसमा किसानलाई पनि राहत मिल्ने र रोजगारको अवसरमा पनि खुल्ने उनले बताए। 

उनले उत्पादित दूधको बजारिकरणका लागि सामुदायिक वनले नै जिम्मा लिने भएपछि गाई भैंसी पालन व्यवसाय फस्टाउने र किसान पनि आकर्षित हुने बताए ।उनले उत्पादित दूध बिक्रीका लागि कुनै समस्या नरहेको पनि बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.