फैलिँदै फौजी किराको प्रकोप

फैलिँदै फौजी किराको प्रकोप

धनगढी : सुदूरपश्चिमका विभिन्न जिल्लामा अमेरिकन फौजीकिराको प्रकोप बढ्दै गएको छ। नेपालको झापाको गैंडाकोटमा २०७६ साल बैशाख २६ गते देखापरेको फौजीकिरा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक कञ्चनपुरको महाकाली नगरपालिकामा देखिएको थियो।

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशको कञ्चनपुरमा पहिलोपटक फौजीकिराको पहिचान भएको थियो। कृषि निर्देशनालयका अनुसार हाल सो किरा बझाङको जयपृथ्वी नगरपालिकामा पनि पहिचान भइसकेको छ। निर्देशनालयले बैतडीमा पनि अमेरिकन फौजीकिरा रहेको आशंका गरेको छ।

कृषि निर्देशनालयले पहिचान भइसकेकाले सावधानी अपनाउन सम्बन्धित निकाय, सरोकारवाला तथा किसानलाई अनुरोध गरेको छ। ‘सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा फौजीकिराको पहिचान भइसकेको छ’, निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भने, ‘कञ्चनपुर, कैलाली तथा चुरे क्षेत्रमा यसको जोखिम अधिक हुने सम्भावना छ।’ उनले यो किराप्रति सजग र सर्तक रहन कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखालाई जानकारी गराइ सकिएको बताए।

प्रदेश कृषि निर्देशनालयले अमेरिकी फौजी किराको पहिचान तथा व्यवस्थापन गर्न १३ सदस्य रहेको प्रदेशस्तरीय कार्य दल गठन गरेको छ। प्रमुख जोशीले भने, ‘सुदूरपश्चिम प्रदेशमा फौजीकिराको पहिचान भइसके पनि अन्नबालीमा नोक्सानी गरेको अझै सूचना प्राप्त भएको छैन।’ उनले सुरुमै सावधानी अपनाइए यसको जोखिमबाट बच्न सकिने बताए।

नेपालको सबै जिल्लामा खेती हुने मकै दोस्रो प्रमुख खाद्यबाली हो। यसको कुल ग्राहस्थ उत्पादनमा दुई दशमलब पाँच प्रतिशत र कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा सात दशमलब ३५ प्रतिशत योगदान रहेको छ। ‘सरकार, व्यवसायी, किसान सबै मिलेर यो किराको प्रकोप रोक्नुपर्छ’, बिउ व्यवसायी संघका प्रदेश अध्यक्ष लोकराज जोशीले भने। उनले किराको समयमै व्यवस्थापन गर्न नसके खाद्य संकट उत्पन्न हुनसक्ने बताए।

‘नेपालमा धानपछि दोस्रो खाद्यबाली मकै नै हो। यो किराले सबैभन्दा पहिला मकैमा आक्रमण गर्छ। मकै नपाए अरु बालीमा पनि क्षति पुर्‍याउँछ’, उनले थपे।

विषादी व्यवसायी समितिका केन्द्रीय सदस्य यज्ञराज बास्तोलाले अमेरिकन फौजीकिराको पहिचान तथा व्यवस्थापन बारे वडा तहसम्मै जनचेतना फैलाउन आवश्यक रहेको बताए। ‘यो किराले अन्नबाली, तरकारी बालीलगायतमा नोक्सानी पुर्‍याउँछ’ उनले भने, ‘यी काममा किसानहरूनै संलग्न हुने भएकाले कुन मल, कति परिमाणमा, कसरी प्रयोग गर्ने लगायतका बारेमा जानकारी दिनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.