डेढ करोड चन्दा नदिएपछि विप्लव कार्यकर्ताले लगाए स्काभेटरमा आगो

डेढ करोड चन्दा नदिएपछि विप्लव कार्यकर्ताले लगाए स्काभेटरमा आगो

सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिका १३ मा निर्माण व्यवसायी छेत्र बम्जनको स्काभेटरमा आगजनी भएको छ । सडक निर्माणको काम गरिरहेको एमानियल कन्स्ट्रक्सनको स्काभेटरमा अज्ञात समूहले मंगलबार राती आगजनी गरेको प्रहरीले जनाएको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (एसपी) चक्रबहादुर सिंहका अनुसार दुधौलीदेखि अरुणठाकुरसम्म जाने सडकको निर्माण कार्यक्रमा प्रयोग गरिएको नम्बर नखुलेको स्काभेटरमा आगजनीबाट पूर्णरुपमा जलेर नष्ट भएको छ। 

'घटना मंगलबार राती भएपनि बुधबार बिहान मात्र जानकारी पाएपछि इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी टोलीले घटना स्थलमा पुगेर अनुसन्धान थालेको छ, 'उनले भने। घटनामा विप्लव कार्यकर्ताको संलग्नता रहेको हो की भन्ने आशंका गरिएपनि अनुसन्धानकै क्रममा भएकाले यसै भन्न नसकिने सिंहको भनाई छ । तर निर्माण व्यवसायी कमलामाई नगरपालिका ६ का छेत्र बम्जनलाई दुई दिनअघि विप्लव कार्यकर्ता बताउनेले फोन गरी एक करोड ५० लाख चन्दा दिन धम्की दिएको र नदिएपछि मेसिनमाथि आगजनी गर्ने धम्की दिएकाले विप्लवका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरी प्रमुख सिंहले बताए।

उता स्काभेटरमाथि भएको आगजनीको घटनाबारे कुनैपनि व्यक्ति र समूहले जिम्मा लिएको छैन। तर, निर्माण व्यवसायी बम्जनले भने सिन्धुलीकै हरिहरपुगढी गाउँपालिका घर भएको र विप्लव कार्यकर्ता बताउने कपिल वाइवाले फोन गरी एक करोड ५० लाख रुपैयाँ दिन भनेको र नदिए कारबाही गर्ने धम्की दिएकाले मेसिन पनि उनीहरुले नै जलाएको हुनसक्ने बताए ।

'तत्काल पैसा दिन भनेका थिए तर, आफूसँग पैसा नभएको र दिन नसक्ने बरु मर्न तयार भएको प्रतिक्रिया दिएको दुई दिनसमेत नबित्दै मेसिन जलाइनुले उनीहरुकै काम हो,'बम्जनले भने ।विप्लव कार्यकर्ताको नाममा पटक पटक चन्दा दिन धम्की आउने गरेको बम्जनले बताए। 'पैसा नदिए जे पनि गर्ने धम्की दिन्छन् । डेढ करोड रुपैयाँ दिन नसकेपछि मेसिन जलाइ दिए,' उनले थपे । 

यसैबीच सिन्धुलीमा विप्लव समूहका कार्यकर्ताको नाम गरेर चन्दा माग्न थालेपनि आतंक मच्चिन थालेको छ । पार्टीको कामलाई सघाउन भन्दै अपरिचत व्यक्तिहरु चन्दाका लागि बारम्बर फोन आउने गरेको कर्मचारी, शिक्षक तथा व्यवसायी बताउँछन् । 'हामी मान्छे चिन्दैनौं । पार्टीको निर्णयअनुसार चन्दा दिनु पर्‍यो भन्दै उठाउन आउँछन् । नदिए धम्की आउँछ । सकेको दिएर पठाउनु परेको छ,' एकजना शिक्षकले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने।

जिल्लामा दश वर्षे शसस्त्र जनयुद्धका बेला तत्कालिन माओवादीले उठाएजस्तै हरेक महिनाजसो विप्लव कार्यकर्ताले चन्दा दिनु परेको शिक्षकको गुनासो छ । सिन्धुली सदरमुकाम बाहेकका ग्रामिण क्षेत्रमा प्रायःगरेर दिनहुँजसो विप्लवका नाममा चन्दा उठाउने गरिएको निर्माण व्यवसायीको भनाई छ ।

विप्लवका कार्यकर्ताका नाममा फोन गरेर चन्दा माग्छन् । उनीहरु विप्लवकै कार्यकर्ता हुनकी अन्य व्यक्ति हुन् थाहा छैन । तर, व्यवसायीसँग उनीहरुले तोकेरै चन्दा माग गर्ने गरेको आर्का व्यवसायीको गुनासो छ । विप्लव कार्यकर्ताका नाममा यसरी जबरजस्ती चन्दा उठाउने गरेको शिक्षक, कर्मचारी र व्यवसायीले हालसम्म कतै पनि उजुरी गर्न नसकेको जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.