दश महाविद्या पूजा : सीमा अनुगमनको धार्मिक भावना (फोटो र भिडियो)

दश महाविद्या पूजा : सीमा अनुगमनको धार्मिक भावना (फोटो र भिडियो)

भक्तपुर : छिमेकी भारतले हालै लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका नेपाली भूभाग आफ्नो देशभित्र पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि देशभर सीमा अतिक्रमणको विरोध भइरहेको छ।

राजनीतिक दल, त्यसका भ्रातृ संगठनदेखि सर्वसाधारणहरूसमेत भारतको बलमिच्याइँविरुद्ध आवाज उठाइरहेका छन्। सामाजिक सञ्जालहरूमा पनि भारतको सीमा अतिक्रमणविरुद्धको आक्रोश रोकिएको छैन।

देशका कति ठाउँमा उपनिर्वाचन हुँदैछ। जसले गर्दा सत्तारुढ दलहरूले मात्रै होइन, प्रतिपक्षी दलहरूले पनि भारतको सीमा अतिक्रमणलाई आफ्नो एजेन्डाको रूपमा प्रयोग गर्दै आएका छन्। सत्तारुढ दलहरूले आफूहरूले मात्रै सीमा रक्षा गर्न सक्ने दाबी गर्दै गर्दा विपक्षी दलहरूले देशको सीमा सुरक्षा गर्न नसक्ने सरकारविरुद्ध मतदान गर्न आह्वान गरिरहेका छन्।

देशभर सीमा अतिक्रमणविरुद्ध राजनीतिक गतिविधि भइरहँदा भक्तपुरमा बुधबार धार्मिक गतिविधिमार्फत देशको सीमा सुरक्षा गर्नुपर्ने सन्देश प्रवाह गरिएको छ। नेपालमा प्राचीन समयदेखि देशको सीमा सुरक्षा, अनुगमन गर्न अपनाएको धार्मिक भावनालाई बुधबार भक्तपुरमा दश महाविद्या पूजामार्फत उक्त सन्देश प्रवाह गरिएको हो।

भक्तपुरका विभिन्न दश ठाउँमा रहेका माता सतीदेवीका दश स्वरूपका रूपमा रहेका दश महाविद्याहरूको पूजा गरी आफ्नो देशको सीमा सुरक्षा गर्न जनता आफैँ लाग्नुपर्ने सन्देश प्रवाह गर्न खोजिएको इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए।

दश महाविद्या पूजाको अग्रभागमा सहभागी उनले देश, देशवासी, सरकारको सुरक्षा र देशको सीमा सुरक्षाको लागि यी दश महाविद्या स्थापना भएको बताउँछन्। ‘दश महाविद्या देवीहरू सीमा सुरक्षाको अभिप्रायले स्थापना गरिएका हुन्। त्यसैले आफ्नो देशको सीमा कहाँसम्म हो र सुरक्षित छ कि छैन भन्ने जान्न, बुझ्न र बुझाउन दश महाविद्या पूजा कार्यक्रम प्राचीन कालदेखि हुँदै आएको छ’, प्रा.डा. श्रेष्ठले भने, ‘कसैले पनि आफ्नो देशको भूभाग मिच्न नसकोस् भन्ने अभिप्रायले हाम्रा पुस्ताहरूले पहिलेदेखि नै अष्टमातृका तथा दस महाविद्या पूजालाई अँगाल्दै आएका हुन्। जसअनुसार बुधबार भक्तपुरमा सोही उद्देश्यले दस महाविद्या पूजा गरिएको हो।’

विक्रमको १३औँ शताब्दीमा भक्तपुरमा नेपालमण्डलको राजधानी नगर स्थापना गर्दा सैनिक सुरक्षासँगै उच्च तान्त्रिक स्वरूपमा देवीदेवताहरू जस्तै दश महाविद्या, अष्ट मातृका, अष्ट भैरव र अष्ट गणेश स्थापना गरिएको उनले स्पष्ट पारे।

दश महाविद्यालाई महाभोज

भक्तपुर नपा ३ स्थित बाराही पीठ विकास समितिले उक्त पूजाको आयोजना गरेको हो। समितिले नेवारी परम्पराअनुसार ‘ब्व छायगु’ (महाभोज चढाउने) सहित भक्तपुर नगरभित्रका दश महाविद्या देवीहरूको पूजाआजा गर्ने प्रबन्ध मिलाएको हो।

पूजाका संयोजक विक्रम देउबञ्जारले देशको शान्ति, सुरक्षासँगै सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र समृद्धिको कामनासहित उक्त पूजा गरिएको जानकारी दिए।

पूजामा करिब पाँच हजार भक्तजन सहभागी भएका थिए। सहभागीहरूमध्ये महिलाहरूको सहभागिता उल्लेखीय थियो। महिलाहरू नेवारी पोशाकमा आफ्नो गच्छेअनुसारको प्रसाद चढाउन लामबद्ध भएर दस महाविद्या देवीका पीठहरूमा पुगेका थिए।

दश महाविद्याअन्तर्गत योसिंखेलस्थित भद्रकाली–कालीबाट सुरु भएको पूजा भेलुखेलस्थित तारा नील सरस्वती, खँलास्थित त्रिपुर भैरवी, टौमढीस्थित भुवनेश्वरी र छिन्नमस्ता चण्डिका, दरबार क्षेत्रस्थित मातांगी, इन्द्रायणी पीठस्थित बंगलामुखी, त्रिपुरासुन्दरीस्थित राजेश्वरी, थालाछेंस्थित कमला हुँदै टिबुक्छेस्थित धुमावतीमा समापन गरिएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.