भाइ राष्ट्रपति भएपछि श्रीलंकामा फेरि महेन्द राजपाक्षे प्रधानमन्त्री !

भाइ राष्ट्रपति भएपछि श्रीलंकामा फेरि महेन्द राजपाक्षे प्रधानमन्त्री !

काठमाडौं : श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले प्रधानमन्त्रीमा बुधबार आफ्ना दाजुको नाम प्रस्ताव गरेका छन्। 

प्रधानमन्त्री रणिल विक्रमासिंघेले राजीनामा दिएपछि उनले यस्तो घोषणा गरेका हुन्। प्रधानमन्त्री रणिल विक्रमासिंघेले राजीनामा गरेपछि महिन्दाले उक्त जिम्मेवारी पाएका छन्।

हाल प्रतिपक्षी नेता रहेका महिन्दाले बिहीबार औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछन्। मैत्रिपाला सिरिसेनाले अक्टोबर २६, २०१८ मा विक्रमासिंघेलाई बर्खास्त गरी महिन्दालाई प्रधानमन्त्री  बनाइएका थिए। 

अदालतले उक्त कदम अवैध भएको फैसला गरेपछि महिन्दाले गत डिसेम्बरमा राजीनामा दिएका थिए। उनी सन् २००५ मा राष्ट्रपति बनेका थिए। उनी २४ वर्षकै उमेरमा सांसद बनेका थिए। उनले श्रीलंकामा चलेको ३ दशक लामो गृहयुद्ध अन्त्य गरेका थिए।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.