चार खुट्टा भएको रोबोट

चार खुट्टा भएको रोबोट

म्यासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजीको बायोमिमेटिक रोबोटिक्स ल्याबरोटरीले चार खुट्टा भएको मिनी रोबोट बनाएको छ। यसलाई ‘मिनी चिता’ नाम दिइएको छ। यो रोबोटलाई रिमोटले नियन्त्रण गर्न सकिन्छ। यसको अधिकतम गति १४ किलोमिटर प्रतिघण्टा छ। यसले कुनै परिस्थितिमा सन्तुलन गुमायो भने अगाडि पछाडि फर्खेर रनिङ पोजिसन लिन सक्छ। यसमा चितुवा जस्तै हिँड्ने र दौडने क्षमता छ। भर्खरै यो रोबोटले फुटबल खेलेको भिडियो पनि सार्वजनिक भएको छ।

म्यासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका मेकानिकल इन्जिनियरिङ प्रोफेसर सेङबेई किमलाई युट्युबमा अफ्रिकी चितुवा हेर्न मन लाग्छ। चितुवाबाट प्रभावित भएर उनले आफ्ना दुई विद्यार्थी काट्ज र जेरेड डी कार्लाेलाई चितुवा जस्तो रोबोट बनाउने चुनौती दिएका थिए। मिनी चिता र वास्तविक चितुवाको गतिमा १० गुना मात्र अन्तर छ। अफ्रिकी चितुवा एक सय २० किलोमिटर प्रतिघण्टाको गतिले दौडन सक्छ भने मिनी चिता रोबोटको गति १४ किलोमिटर प्रतिघण्टा मात्रै छ।

प्रोफेसर किमलाई मिनी चिता रोबोटलाई सन्तुलनमा राख्न धेरै गाह्रो पर्‍यो। रोबोटलाई हावामा तीन सय ६० डिग्रीमा घुमाउन धेरै कठिन भएको पनि उनले बताएका छन्।

जलवायु परिवर्तनको असर पिग्मी मारसुपियलमा

अस्ट्रेलियामा एक सानो स्तनधारी जीव पिग्मी मारसुपियल पाइन्छ। यो जीव लोप हुने खतरामा छ। यो मुसा जस्तो देखिन्छ। पिग्मी पसमको नामबाट पनि यसलाई चिनिन्छ। यो जीवको तौल १० देखि ५० ग्राम हुन्छ र यो पाँचदेखि १२ सेन्टिमिटर लामो हुन्छ। फलफूलमा यो जीव निर्भर रहन्छ। तर, जलवायु परिवर्तनको कारण यो जीवको अस्तित्व खतरामा परेको वैज्ञानिकले बताएका छन्।

यी जीव ढुंगामा घर बनाएर बस्छन्। यहाँ बस्दा उचित तापक्रम प्राप्त हुन्छ। जाडो मौसममा यी जीव सुत्छन्। केही दशकमा मौसमको चक्र बिग्रिनाले यिनीहरूको संख्यामा कमी आएको छ। युनिभर्सिटी अफ न्यु साउथ वेल्सका प्रोफेसर हलेका अनुसार बेट्सले पिग्मी पसमलाई केही बढी तापक्रमको आवश्यक पर्छ। तर, जलवायु परिवर्तनको कारणले हावा या त धेरै चिसो या धेरै गर्मी हुने भएकाले यिनीहरूलाई असर परेको वैज्ञानिकको भनाइ छ।

यिनीहरू चिसो मौसमभरि सुतिरहन्छन्। जलवायु परिवर्तनका कारण यी जीव निद्रामै मर्छन्। युनिभर्सिटी अफ न्यु साउथ वेल्सका वैज्ञानिकले यो प्रजातिलाई बचाउनको लागि तराई क्षेत्रमा कृत्रिम घर समेत बनाइदिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.