‘क्यान्टिन’मा ललितपुर महानगरको शिक्षा महाशाख

‘क्यान्टिन’मा ललितपुर महानगरको शिक्षा महाशाख

ललितपुर : ललितपुर महानगरको शिक्षा महाशाखाका कर्मचारी ‘क्यान्टिन’मा बसेर काम गर्न बाध्य छन्।  जीर्णोद्धारका नाममा महाशाखा अस्तव्यस्त भएपछि शाखामा कार्यरत ९  कर्मचारी क्यान्टिन र चौरमा बसेर काम गर्न बाध्य भएका हुन्। 

बिहीबार निम्न माध्यमिक विद्यालयकी शिक्षिका आफनो दरबन्दीको कुरा गर्न महानगरमा पुगेकी थिइन्। तर, महाशाखाका प्रमुख महेन्द्रबहादुर क्षेत्रीले तत्काल कुनै काम हुन नसक्ने बताउँदै शिक्षिकालाई फिर्ता पठाए। 

‘काम गर्न कम्प्युटर राख्ने ठाउँ छैन, नत बस्ने ठाउँ छ’, उनले शिक्षिकालाई भने। क्षेत्रीले सबै काम कम्युटरबाट हुने भएकाले केही दिनपछिमात्र आउन सुझाए। महानगरको अस्तव्यस्तता कहिलेसम्म हो प्रमुख क्षेत्रीलाई नै थाहा छैन। 

‘सम्बन्धित ठाउँबाट हामीलाई कुनै पनि जानकारी दिएको छैन’, उनले भने, ‘त्यसबारे बोल्न मिल्दैन।’  महाशाखामा कार्यरतमध्ये धनबहादुर कार्की फरक क्षमताका कर्मचारी हुन्। अरुले भन्दा आफूले अझै असहज महसुस गरेको उनले बताए। 

‘हुन त सबैलाई सकस भएको छ तर मलाई झनै समस्या भयो’ कार्कीले भने, ‘बस्ने ठाउँ नहुँदा कार्यालय गएर फर्किने गरेको छु।’ 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईका अनुसार जीर्णोद्धार भइरहेकाले समस्या भएको बताए। भट्टराईले महाशाखाको व्यवस्थापनका लागि कार्यालय भाडामा लिने तयारी भएको जानकारी दिए। 

उनले भने, ‘भाडामा लिएर व्यवस्थापन  गर्न खोज्दै छौं।’ फरक क्षमताका कर्मचारीका लागि लिफ्ट बन्दै गरेको र अपांगमैत्री संरचना बनाइने उनको भनाइ छ। 

महाशाखाले अहिले मन्टेश्वरी विद्यालय दर्ताको काम सुरु भएको छ। कक्षा ८ का बालबालिकाको फारममा गल्ती भएको भए सच्याउने काम तत्काल गर्नुपर्ने हुन्छ। तर अहिले शिक्षकको दरबान्दी मिलानदेखिको सबै काम अवरुद्ध भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.