चन्द्रगढी विमानस्थल आजदेखि खुल्यो
झापा : झापाको चन्द्रगढी विमानस्थल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य सकिएपछि विमानस्थल शुक्रबारदेखि सञ्चालनमा आएको विमानस्थल प्रमुख पूर्ण चुडालले जानकारी दिए।
मर्मत तथा स्तरोन्नतिका लागि गत कात्तिक २६ देखि मंसिर ५ बिहीबारसम्म विमानस्थल पूर्ण रूपमा बन्द थियो । विमानस्थलको १५ सय मिटर लम्बाई र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बनेको थियो ।
जीर्ण धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको हो । विमानस्थलमा इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग विस्तारलगायतका काम गरिएको प्रमुख चुडालले जानकारी दिए। 'चुडालले भने, 'आजदेखि पुनः विमानस्थल सञ्चालनमा आएको छ । अबदेखि नियमित उडान हुन्छ।'
प्रतिक्रिया दिनुहोस !
१